- विकेटनेपाल- ८ साउन
रोमान्चक फाइनलमा भारतलाई ९ रनले पराजित गर्दै इंग्ल्याण्डले महिला बिश्वकप क्रिकेटको उपाधि जितेको छ l
लर्ड्स मैदानमा सम्पन्न फाइनलमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले बनाएको २२८ रनको जवाफमा ब्याटिंग गरेको भारतले २१९ रनमा सम्पूर्ण विकेट गुमाएपछि इंग्ल्याण्डले चौथो पटक महिला बिश्वकप उपाधि हात पारेको हो l
२२९ रनको लक्ष पछ्याउने क्रममा ४३ औं ओभरमा भारत १९१/३ को अवस्थामा थियो जुनबेला चौथो विकेटको रुपमा ८६ रन बनाएकि पुनम राउतलाई अन्या श्रुबसेलले एलबिडब्लु आउट गरेपछि भारतले लगातार विकेट गुमाएको थियो l
इंग्ल्याण्ड बलर श्रुबसेलले ६ विकेट हात पार्दै जितमा महत्वपूर्ण योगदान दिईन् l फाइनल खेलको प्लेयर अफ द म्याच चुनिएकि उनले ९.४ ओभरमा ४६ रन खर्चिन् l
भारतको लागि पुनम राउतले सर्बाधिक ८६ रन तथा हर्मनप्रित कौरले ५१ रन योगदान दिएकि थिइन् l
यस अघि पहिलो इनिंगमा नताली स्किभरको ५१ तथा सराह टेलरको ४५ रन मदतले इंग्ल्यान्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाई २२८ रन बनाएको थियो l भारतको लागि झुलन गोस्वामीले सर्बाधिक ३ विकेट हात पारिन् l
भारतले सेमीफाइनलमा अस्ट्रेलियालाई र इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए l
फोटो – द गार्जियन, आइसीसी
धेरैले पढेको :-
-
सन्दिपले ५ विकेट लिएपछि माइकल क्लार्कको यस्तो प्रतिक्रिया
-
श्रीलंकाको नयाँ रेकर्ड
-
आईपीएल इंगलिस प्रिमियर लिग भन्दा अघि ?
-
मोहम्मद आमिरको नजरमा यी ब्याट्सम्यान बिश्वकै उत्कृस्ट