नेपाल बिश्वकप छनौट हुन सम्भब छ ? यस्तो छ अंकगणित

Nepal U19 Cricket Team
  • विकेटनेपाल, ९ साउन

यु-१९ एसिया बिश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसंग भोलि मंगलबार खेल्दै छ l आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ रास्ट्र सहभागी प्रतियोगिताबाट न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु-१९ बिश्वकपमा बिजेता १ टोलिले मात्र छनौट हुने मौका पाउनेछ l

प्रतियोगितामा सबै टिमले कुल ५/५ खेल खेलीसकेपछि अंक तालिकामा ५ वटा जितको साथ अफगानिस्तान १० अंक सहित शिर्ष स्थानमा छ भने नेपाल ४ जितका साथ ८ अंक सहित दोश्रो स्थानमा छ l १ खेल जितेको सिंगापुरको २ अंक सहित तेश्रो स्थानमा र मलेसिया कुनै पनि खेल नजिती अन्तिममा छ l

यो हिसाबमा अफगानिस्तान र नेपाल बीच प्रतियोगिताको अन्तिम दिन खेलिने खेलले न्युजिल्याण्ड यु-१९ बिश्वकपमा छनौट हुने निर्णय गर्नेछ l

बिश्वकप छनौट हुन नेपालले अफगानिस्तानलाई पराजित गरेर मात्रै पर्याप्त हुने छैन l किनकि नेट रनरेटमा नेपाल अफगानिस्तान भन्दा निकै पछि रहेको छ l अफगानिस्तानको नेट रनरेट ४.१५४ छ भने नेपाल ०.७६३ रहेको छ l त्यसैले नेपालले खेल जितेर मात्रै हुँदैन अफगानिस्तानसंग चमत्कारिक नतिजा निकाल्नु पर्नेछ l

नेट रनरेट सहितको अंकतालिका

कसरि बिश्वकप छनौट हुन सक्छ नेपाल ? 

– पहिले बलिंग गरेको खण्डमा 

अफगानिस्तान नेट रनरेट यति धेरै छ कि नेपालले खेल जित्न असम्भब जस्तो नतिजा कल्पना गर्नुपर्छ l यदी नेपालले पहिले बलिंग गर्दै अफगानिस्तानलाई ५० रनमा अलआउट गर्यो र नेपालले २ ओभरमा ५६ रन बनाएर लक्ष पुरा गरेको खण्डमा अफगानीस्ताननै नेट रनरेटमा अघि हुँदै छनौट हुनेछ l अर्को कल्पना गरौं, यदी अफगानिस्तान ७० रनमै अल आउट भयो र नेपालले ३ ओभरमा ७६ रन बनाउदै लक्ष पुरा गर्यो भने अथवा, अफगानीस्तान १०० मा अलआउट भयो र नेपालले ४ ओभरमा १०६ रन बनाउदै लक्ष पुरा गर्यो भने पनि अफगानिस्ताननै नेट रन रेटमा अघि हुँदै छनौट हुनेछ l

यसरी हेर्दा नेपालले ५६ रनको लक्ष २ ओभरमा पुरा गर्न २८ रन प्रतिओभर रन बनाउनु पर्नेछ, यस्तै ७६ रन ३ ओभरमा बनाउन २५.३३ रन प्रतिओभर बनाउनु पर्ने छ र १०६ रन ४ ओभरमा बनाउन २६.५ रन प्रतिओभर बनाउनु पर्नेछ l शब्दमा माथिको गणितलाई ब्याख्या गर्दा ‘असम्भब’ सुहाउदो हुन्छ l अझ प्रतियोगितामा नेपालले सिंगापुरले दिएको ७३ रन लक्ष १७.३ ओभरमा ६ विकेट गुमाई पुरा गरेको, मलेसियाको ५८ रन पछ्याउन ९.५ ओभरमा ५ विकेट गुमाएको र सिंगापुरको ८९ रन पछ्याउन २२.२ ओभरमा ५ विकेट गुमाएको समझदा अफगानिस्तान बिरुद्धको जित आकासको फल झैँ हो l

– पहिले ब्याटिंग गरेको खण्डमा 

परिस्थिति ब्याटिंग गरेको खण्डमा पनि उस्तैनै हो l यदी नेपालले पहिले ब्याटिंग गर्दै ३०० रन बनाउछ र अफगानिस्तानलाई ३० रनमा अलआउट गर्छ भने अफगानिस्ताननै नेट रनरेटमा अघि हुँदै छनौट हुनेछ l यदी नेपालले ३५० रनको स्कोर बनायो र अफगानिस्तानलाई ५० रनमै अलआउट गर्यो भने चै नेपाल नेट रनरेटमा अघि हुनेछ l

तर नेपालले प्रतियोगितामा गरेको प्रदर्शन हेर्ने हो भने अफगानिस्तानसंग ४९ रनमै अलआउट भएको नतिजा सामुन्ने आउछ l अझ, नेपालले पहिले ब्याटिंग गरेको एकमात्र खेलको कुरा गर्ने हो भने कमजोर सिंगापुर बिरुद्ध १६८ रनमै अलआउट हुन पुगेको थियो l

यसरी नेपाल २०१८ यु-१९ बिश्वकप छनौट भएको देख्नु आशा माथि पनि आशा गर्नु हो l यस्तो परिस्थिति हुने थाहा हुँदाहुँदै नेपालले सिंगापुर बिरुद्धको दोश्रो खेलमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो जुन अस्चार्यजनक निर्णय थियो l अफगानिस्तानसंग भर्खरै ठुलो हार बेहोरेको अवस्थामा नेपालको नेट रनरेट +३.७३९ बाट +०.२७८ मा झरेको थियो जुन अवस्थामा सिंगापुर बिरुद्ध खेल जिते पनि नेट रनरेटमा जितले ठुलो प्रभाब पार्न सकेन  ( +०.२७८ बाट +०.४५३ ) l

अंकगणितीय रुपमा नेपालको लागि बिश्वकप छनौट असम्भव जस्तै छ तर पनि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै प्रतियोगिताको सफल अन्त्य गर्न भने नेपाली टिमलाई सुभकामना l

धेरैले पढेको :- 





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]