- विकेटनेपाल, ९ साउन
यु-१९ एसिया बिश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसंग भोलि मंगलबार खेल्दै छ l आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ रास्ट्र सहभागी प्रतियोगिताबाट न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु-१९ बिश्वकपमा बिजेता १ टोलिले मात्र छनौट हुने मौका पाउनेछ l
प्रतियोगितामा सबै टिमले कुल ५/५ खेल खेलीसकेपछि अंक तालिकामा ५ वटा जितको साथ अफगानिस्तान १० अंक सहित शिर्ष स्थानमा छ भने नेपाल ४ जितका साथ ८ अंक सहित दोश्रो स्थानमा छ l १ खेल जितेको सिंगापुरको २ अंक सहित तेश्रो स्थानमा र मलेसिया कुनै पनि खेल नजिती अन्तिममा छ l
यो हिसाबमा अफगानिस्तान र नेपाल बीच प्रतियोगिताको अन्तिम दिन खेलिने खेलले न्युजिल्याण्ड यु-१९ बिश्वकपमा छनौट हुने निर्णय गर्नेछ l
बिश्वकप छनौट हुन नेपालले अफगानिस्तानलाई पराजित गरेर मात्रै पर्याप्त हुने छैन l किनकि नेट रनरेटमा नेपाल अफगानिस्तान भन्दा निकै पछि रहेको छ l अफगानिस्तानको नेट रनरेट ४.१५४ छ भने नेपाल ०.७६३ रहेको छ l त्यसैले नेपालले खेल जितेर मात्रै हुँदैन अफगानिस्तानसंग चमत्कारिक नतिजा निकाल्नु पर्नेछ l
कसरि बिश्वकप छनौट हुन सक्छ नेपाल ?
– पहिले बलिंग गरेको खण्डमा
अफगानिस्तान नेट रनरेट यति धेरै छ कि नेपालले खेल जित्न असम्भब जस्तो नतिजा कल्पना गर्नुपर्छ l यदी नेपालले पहिले बलिंग गर्दै अफगानिस्तानलाई ५० रनमा अलआउट गर्यो र नेपालले २ ओभरमा ५६ रन बनाएर लक्ष पुरा गरेको खण्डमा अफगानीस्ताननै नेट रनरेटमा अघि हुँदै छनौट हुनेछ l अर्को कल्पना गरौं, यदी अफगानिस्तान ७० रनमै अल आउट भयो र नेपालले ३ ओभरमा ७६ रन बनाउदै लक्ष पुरा गर्यो भने अथवा, अफगानीस्तान १०० मा अलआउट भयो र नेपालले ४ ओभरमा १०६ रन बनाउदै लक्ष पुरा गर्यो भने पनि अफगानिस्ताननै नेट रन रेटमा अघि हुँदै छनौट हुनेछ l
यसरी हेर्दा नेपालले ५६ रनको लक्ष २ ओभरमा पुरा गर्न २८ रन प्रतिओभर रन बनाउनु पर्नेछ, यस्तै ७६ रन ३ ओभरमा बनाउन २५.३३ रन प्रतिओभर बनाउनु पर्ने छ र १०६ रन ४ ओभरमा बनाउन २६.५ रन प्रतिओभर बनाउनु पर्नेछ l शब्दमा माथिको गणितलाई ब्याख्या गर्दा ‘असम्भब’ सुहाउदो हुन्छ l अझ प्रतियोगितामा नेपालले सिंगापुरले दिएको ७३ रन लक्ष १७.३ ओभरमा ६ विकेट गुमाई पुरा गरेको, मलेसियाको ५८ रन पछ्याउन ९.५ ओभरमा ५ विकेट गुमाएको र सिंगापुरको ८९ रन पछ्याउन २२.२ ओभरमा ५ विकेट गुमाएको समझदा अफगानिस्तान बिरुद्धको जित आकासको फल झैँ हो l
– पहिले ब्याटिंग गरेको खण्डमा
परिस्थिति ब्याटिंग गरेको खण्डमा पनि उस्तैनै हो l यदी नेपालले पहिले ब्याटिंग गर्दै ३०० रन बनाउछ र अफगानिस्तानलाई ३० रनमा अलआउट गर्छ भने अफगानिस्ताननै नेट रनरेटमा अघि हुँदै छनौट हुनेछ l यदी नेपालले ३५० रनको स्कोर बनायो र अफगानिस्तानलाई ५० रनमै अलआउट गर्यो भने चै नेपाल नेट रनरेटमा अघि हुनेछ l
तर नेपालले प्रतियोगितामा गरेको प्रदर्शन हेर्ने हो भने अफगानिस्तानसंग ४९ रनमै अलआउट भएको नतिजा सामुन्ने आउछ l अझ, नेपालले पहिले ब्याटिंग गरेको एकमात्र खेलको कुरा गर्ने हो भने कमजोर सिंगापुर बिरुद्ध १६८ रनमै अलआउट हुन पुगेको थियो l
यसरी नेपाल २०१८ यु-१९ बिश्वकप छनौट भएको देख्नु आशा माथि पनि आशा गर्नु हो l यस्तो परिस्थिति हुने थाहा हुँदाहुँदै नेपालले सिंगापुर बिरुद्धको दोश्रो खेलमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो जुन अस्चार्यजनक निर्णय थियो l अफगानिस्तानसंग भर्खरै ठुलो हार बेहोरेको अवस्थामा नेपालको नेट रनरेट +३.७३९ बाट +०.२७८ मा झरेको थियो जुन अवस्थामा सिंगापुर बिरुद्ध खेल जिते पनि नेट रनरेटमा जितले ठुलो प्रभाब पार्न सकेन ( +०.२७८ बाट +०.४५३ ) l
अंकगणितीय रुपमा नेपालको लागि बिश्वकप छनौट असम्भव जस्तै छ तर पनि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै प्रतियोगिताको सफल अन्त्य गर्न भने नेपाली टिमलाई सुभकामना l
धेरैले पढेको :-
-
सन्दिपले ५ विकेट लिएपछि माइकल क्लार्कको यस्तो प्रतिक्रिया
-
मोहम्मद आमिरको नजरमा यी ब्याट्सम्यान बिश्वकै उत्कृस्ट
-
श्रीलंकाको नयाँ रेकर्ड
-
आईपीएल इंगलिस प्रिमियर लिग भन्दा अघि ?