टेस्टको अचम्मको अन्त्य, मोईन अलिको ह्याट-ट्रिक ( भिडियो सहित )

  • विकेटनेपाल, साउन १७

इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच केंनिंगटन ओभल मैदानमा खेलिएको सिरिज अन्तर्गत सोमबार सम्पन्न तेश्रो टेस्टमा इंग्ल्याण्डले २३९ रनको जित निकाल्ने क्रममा खेलको अन्त्य अनौठो बन्नपुग्यो l

अफस्पिनर मोईन अलिले आफ्नो टिमलाई जित दिलाउने क्रममा टेस्टको अन्तिम ३ बलमा ३ विकेट लिंदै ह्याट-ट्रिक लिएपछि ओभल मैदानमा खेलिएको सयौं टेस्ट याददार बन्न पुग्यो l

अलिले लिएको ह्याट-ट्रिक इंग्ल्याण्ड स्पिनरले लिएको ७९ बर्षपछि पहिलो पटक हो l यसभन्दा अघि सन् १९३८ मा स्पिनर टम गडार्डले दक्षिण अफ्रीका बिरुद्ध ह्याट-ट्रिक लिएका थिए l इंग्ल्यान्डको टेस्ट क्रिकेट इतिहासमा हालसम्म ४ जना स्पिनरले ह्याट-ट्रिक लिनसकेका छन् l

ह्याट-ट्रिक लिने क्रममा अलिले क्रमशः डीन एल्गर, कासिगो रबाडा र मोर्ने मोर्केललाई आउट गरेका थिए l ह्याट-ट्रिकको रुपमा मोर्केलको अन्तिम विकेट लिंदा अम्पायरले एलबिडब्लु अपिल नकारेपछि डिसिजन रिभ्युमा विकेट घोषणा भएको थियो l

भिडियो हेर्नुस  

( भिडियो नखुले यहाँ क्लिक गर्नुस ) 

हयाट-ट्रिकबारे रोमान्चक तथ्य 

  • इनिंगको अन्तिममा ३ विकेट लगातार लिने बलर मोईन अलि मात्रै हैनन् l टेस्ट क्रिकेटमा यस्तो काम ४ जना बलरले गरिसकेका छन् जसको सुरुवात १९५७/५८ मा लिन्ड्से क्लिनले गरेका थिए l
  • यो पहिलो ह्याट-ट्रिक हो जसमा आउट भएका तिनवटै ब्याट्सम्यान बाँया हाते थिए l
  • टेस्ट क्रिकेटमा हालसम्म ४२ जना खेलाडीहरुले ह्याट-ट्रिक लिइसकेका छन् ( लिस्ट )

इंग्ल्याण्डको अग्रता 

४ वटा टेस्ट म्याचको सिरिज अन्तर्गत तेश्रो टेस्टमा दक्षिण अफ्रीकालाई पराजित गर्दै इंग्ल्याण्डले सिरिजमा २-१ को अग्रता बनाएको छ l पहिलो इनिंगमा इंग्ल्याण्डले ३५३ रन बनाएको थियो जसपछि पहिलो इनिंगमा दक्षिण अफ्रीका १७५ रनमै समेटिएको थियो l दोश्रो इनिंगमा ३१३/८ को स्कोरमा इनिंग समाप्तिको घोषणा गरेको इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई उसको दोश्रो इनिङमा २५२ रनमा समेट्दै २३९ रनको जित हात पारेको हो l

खेलको म्यान अफ द म्याच बेन स्टोक्स घोषित भए जसले पहिलो इनिंगमा महत्वपूर्ण शतकीय इनिंग खेलेका थिए र कुल ३ विकेट पनि हात पारेका थिए l इंग्ल्याण्डको लागि पहिलो टेस्ट खेलेका रोलान्ड जोन्सले पहिलो इनिंगमा ५ र दोश्रो इनींगमा २ विकेट लिएका थिए l ह्याट- ट्रिक सहित अलिले कुल ४ विकेट आफ्नो नाम गरे l

धेरैले पढेको :-

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]