धवन र राहुलको रेकर्ड साझेदारी तोड्दै श्रीलंका खेलमा फर्कियो

  • विकेटनेपाल, साउन २७

पहिलो दिन : भारत – ३२९/६ ( शिखर धवन ११९, केएल राहुल ८५, बिराट कोहली ४२ , पुस्पकुमारा ३/४० , लक्षन सन्दकन २/८४ )

भारत र श्रीलंका बीच आज पालेकेले मैदानमा सुरु भएको अन्तिम टेस्टको पहिलो दिनको समाप्तिमा भारतले ३२९/६ को स्कोर बनाएको छ l

लगातार तेश्रो टेस्टमा टस जित्दै कप्तान बिराट कोहलीले ब्याटिंग गर्ने निर्णय गरेपछि ओपनर शिखर धवन र केएल राहुलले पहिलो विकेटको साझेदारीको रुपमा १८८ रन बनाउदै भारतलाई मजबुत स्थितिमा पुर्याएका थिए l

३९.३ ओभरमा पहिलो विकेटको रुपमा राहुल ८५ रन बनाएर आउट हुनु अघि दुई ओपनरले झन्डै ५ रन प्रतिओभरको औसतमा रन बनाएका थिए l राहुलले १३५ बल सामना गर्दा ८ चौका प्रहार गरे l

शिखर धवनले टेस्ट करियरको छैठौं र सिरिजमा दोश्रो शतक प्रहार गर्ने क्रममा ११९ रनको इनिंग खेल्दै ४८ औं ओभरमा विकेट गुमाउदा भारतको स्कोर २१९/३ पुगेको थियो l उनले १२३ बलमै ९६.७४ को स्ट्राईक रेटले रन बनाउदा १७ चौका प्रहार गरे l

धवनले टेस्ट करियरको छैठौं र सिरिजमा दोश्रो शतक प्रहार गर्ने क्रममा ११९ रन बनाए ©ICC 

धवन र राहुल दुवैलाई देब्रे हाते स्पिनर पुस्पकुमाराले पेभेलियनको बाटो देखाएपछि निरन्तर अन्तरालमा भारतले विकेट गुमाउन पुगेको थियो l उनले कुल ३ विकेट हात पार्ने क्रममा १८ ओभरमा ४० रन खर्चिएका छन् l

तेश्रो नम्बरका चेतेश्वर पुजार ८, बिराट कोहली ४२, अजिंके रहाने १७ तथा रबिचन्द्रन आश्विन ३१ रन बनाएर आउट भएपछि श्रीलंकाले भारतलाई ठुलो स्कोरतर्फ लम्कन थामेको छ l

लामो इनिंग खेल्ने संकेत देखाएका कप्तान बिराट कोहलीलाई सिरिजमा पहिलो टेस्ट खेलीरहेका देब्रे-हाते चाइनाम्यान बलर लक्षन संदकनले करुनारत्नेको हातबाट क्याच आउट गराएका थिए l

बिराट कोहलीको विकेट लिएपछि लक्षन संदकनको खुसि ©ICC 

पहिलो दिनको खेल सकिंदा हार्दिक पाण्डे १ रन तथा रिद्दिमान शाह १३ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

पहिलो र दोश्रो टेस्ट ठुलो अन्तरले हारेको श्रीलंकालाई यो टेस्ट जित्दै आफ्नो साख जोगाउने चिन्ता छ भने भारत तेश्रो टेस्ट पनि आफ्नो पक्षमा पार्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ l

धवन र राहुलको कीर्तिमानी साझेदारी 

शिखर धवन र केएल राहुलले १८८ रनको ओपनिंग साझेदारी गर्दै श्रीलंका बिरुद्ध सबैभन्दा ठुलो साझेदारी गर्ने भारतीय ओपनिंग जोडी बनेका छन् l सन् १९९३ मा नब्जोत सिंह सिद्धु र मनोज प्रभाकरले श्रीलंकासंग १७१ रनको साझेदारी गरेका थिए जुन रेकर्ड धवन-राहुलको जोडीले तोडेका हुन् l सन् २००८ मा गौतम गम्भीर र बिरेन्द्र सेहवागको जोडीले पनि श्रीलंकासंग १६७ रनको साझेदारी गरेका थिए l

 





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]