सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज : चौथो संस्करणको टिम दर्ता सुरु

  • विकेटनेपाल, भदौ ४ 

बहुप्रतिक्षित कर्पोरेट क्रिकेट प्रतियोगिता सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेजको चौथो संस्करण अक्टोबर २९ देखि ४ नोभेम्बरसम्म आयोजना हुने भएको छ l

एसएस इभेन्टसले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगिताको यो संस्करणमा २४ कर्पोरेट टिमहरु सहभागी हुनेछन् l

प्रतियोगितामा सहभागी हुन टिम दर्ता आइतबार देखि सुरु गरिएको इभेन्टसका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले जानकारी गराउनु भएको छ l सुरुमा दर्ता गर्ने टिमलाई प्रमुख प्राथमिकता दिईने हुनाले छिटो आफ्नो सिट सुरक्षित गर्न समेत शिवाकोटीले आग्रह गर्नुभएको छ l

सिक्सेजको तेश्रो संस्करणको उपाधि सेन्चुरी ब्यांकले नेपाल एसबिआई ब्यांकलाई ६ विकेटले पराजित गर्दै जितेको थियो l

प्रतियोगिताको उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान/बलर/फिल्डर तथा धेरै छक्का प्रहार गर्ने खेलाडीलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिनेछ l खेल अबधिमा हिट द बोर्ड आकर्षण हुनेछ भने सबैभन्दा अनुशासित टिमलाई बिशेष ट्रफी प्रदान गरिनेछ l

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगिताको खेलहरु ५ ओभर प्रति इनिंगको हुने गर्दछ l प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिभुवन बिश्व बिद्यालय क्रिकेट मैदान ( टियु ) किर्तिपुरमा संचालन हुनेछ l





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]