ब्याटिंग सुधार्न देसाईको कसरत ( फोटो फिचर )

  • विकेटनेपाल, भदौ १३

ब्याटिंग नेपाली क्रिकेट टिमको नयाँ समस्या हैन l सिनियर रास्ट्रिय क्रिकेट टिम मात्रै हैन यु-१९ र महिला क्रिकेट टिमको मुख्य समस्या ब्याटिंग रहँदै आएको छ l

यु-१९ रास्ट्रिय क्रिकेट टिमले गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसीया बिश्वकप छनौटमा अत्यन्त खराब ब्याटिंग प्रदर्शन गर्नु बिश्वकप छनौटमा ठुलो तगारो बन्न पुगेको थियो l दिपेन्द्र ऐरी बाहेक अन्य ब्याट्सम्यानहरुले लज्जास्पद प्रदर्शन गरेपछि पुनः ब्याटिंग पक्ष आलोचित बन्यो l

सेप्टेम्बर ८ देखि १७ तारिकसम्म मलेसियामा आयोजना हुने एसीसी यु-१९ प्रतियोगिता नजिकिँदै गएको छ l उक्त प्रतियोगिताको उत्कृस्ट २ टिम छनौट हुने यु-१९ एसिया कप पनि धेरै टाढा छैन l ठुलो प्रतियोगितामा नजिकिंदै गर्दा ब्याटिंग फेरी पनि नेपाली टिमको चिन्ताको कारण बनेको छ l

यही समस्या समाधान गर्न आइपीएल टिम राजस्थान रोयल्सको प्रशिक्षक रहीसकेका प्रशिक्षक मोन्टि देसाई ब्याटिंग कन्सल्ट्यान्टको रुपमा नेपाल आएका हुन् l

मंगलबार विकेटनेपाल टियु मैदान पुग्दा देसाई यु-१९ टिम ओपनर आसिफ शेख र सन्दिप सुनारलाई बिशेष कक्षा लिईरहेका थिए l यु-१९ बिश्वकप छनौटमा मात्रै हैन गत बर्ष एभरेस्ट प्रिमियर लिगको फाइनलमा शतक पछि आफ्नो लय गुमाएका आसिफ र बिश्वकप छनौटमा फ्लप सन्दिप सुनारलाई देसाईले बिभिन्न ब्याटिंग ड्रिल गराए l

देसाईले आसिफ र सन्दिपलाई इनिंगको सुरुवात गर्ने तरिका देखि लिएर दबाब कसरि झेल्ने, इनिंग विकास गर्ने तरिका सिकाउने क्रममा दुवै ब्याट्सम्यानसंग बारम्बार अन्तरक्रिया गरेका थिए l

सिकेको कुराको नतिजा कस्तो आयो र ब्याटिंगमा के फरकपना देखियो तुरुन्त प्रतिक्रिया दिन लगाउने देसाईको प्रशिक्षण पछि आसिफ र सन्दिपले सिकेको कुरालाई अभ्यास गरेका थिए l


प्रशिक्षणको दौरान देसाई बारम्बार ब्याट्सम्यानहरुलाई सम्झाइरहेका तथा उनीहरुको कुरा सुनीरहेका देखिन्थे l ब्याट्सम्यानलाई मनमा लागेको कुरा पनि बोलिहाल्न समेत लगाईरहेका थिए l


सबैसंग चाडैनै घुलमिल हुन सक्ने स्वभाव भएका उनि वरिपरी रहेका सिनियर क्रिकेटरलाई समेत टिप्स दिन पुगीहाल्थे l त्यस क्रममा दिपिल नाथ देखि सोमपाल कामिसम्मलाई उनले ब्याटिंग सुझावहरु दिएका थिए l

 


एसियन क्रिकेट काउन्सिलको सम्पूर्ण खर्चमा १० दिन नेपाल बस्ने क्रममा देसाईले पछिल्लो प्रतियोगितामा फ्लप भएको नेपाली ब्याटिंग लाइनअपलाई आत्मविश्वास प्रदान गर्नेछन् l नेपाल आएका यी हाई प्रोफाइल प्रशिक्षकबाट नेपालले गरेको आशा पुरा हुनेछ वा छैन त भबिष्यलेनै देखाउला तर बिदेशी प्रशिक्षकको आगमनले नेपाली ब्याट्सम्यानहरुमा उत्साह भने देखिएको छ l

हेर्नुस देसाईको ब्याटिंग प्रशिक्षण तस्बिरहरुमा :- 





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]