सेन्चुरी ब्यांकलाई उपाधि

paras khadka
  • विकेटनेपाल, १७ भदौ

चौथो एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि सेन्चुरी ब्यांकले जितेको छ l सेन्चुरीले फाइनल खेलमा एनआईसी एसिया ब्यांकलाई ३५ रनले पराजित गरेको हो l

अल्टिमेट इन्डोरमा सम्पन्न फाइनलमा टस जितेर पहिले फिल्डिंग गरेको सेन्चुरी ब्यांकले निर्धारित १२ ओभरमा एनआईसी एसियालाई ५८ रनमा सिमित गरेको थियो l सेन्चुरीका बलर दिवेश डंगोल र विजय गौतमले समान २/२ विकेट हात पारेका थिए l एनआईसीको लागि दिपेन कार्कीले सर्बाधिक १४ रन योगदान दिए l

दोश्रो इनिंगमा सेन्चुरी ब्यांकले ९३ बनाउदै सहज जित हात पार्यो जसको लागि सुरज तिमल्सिनाले २५ रन योगदान दिए जुन क्रममा १ छक्का प्रहार गरे l यस्तै सुबास शर्माले १७ रन बनाए l

फाइनल खेलको म्यान अफ द म्याच सेन्चुरी ब्यांकका विजय गौतम घोषित भए l

फाइनल खेलको म्यान अफ द म्याच सेन्चुरी ब्यांकका विजय गौतम घोषित भए l

यस अघि पहिलो सेमिफाइनलमा आईसीएफसी समयमा उपस्थित नभएपछि सोतः सेन्चुरी ब्यांक फाइनल पुगेको थियो l

यस्तै दोश्रो सेमीफाइनलमा एनएमबि ब्यांकलाई एनआईसी एसिया ब्यांकले ९३ रनले पराजित गरेको थियो l

पहिले ब्याटिंग गरेको एनएमबि ब्यांकले १२ ओभरमा १७ रन मात्रै बनाएको थियो भने दोश्रो इनिंगमा एनआईसीले १२ ओभरमा ११० रन बनाउदै ९३ रनको अन्तरले जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो l

प्रतियोगिताको बिजेता सेन्चुरी ब्यांकले बिजेता ट्रफी प्राप्त गर्यो l प्रतियोगिता भदौ ९ देखि सुरु भएको थियो जसमा १७ वटा कर्पोरेट टोली सहभागी थिए l

उपविजेता एनआईसी एसिया ब्यांक




थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]