नेपालको पहिलो खेल थाईल्याण्डसंग, एसीसी यु-१९को खेल तालिका सार्वजनिक

cricket association of nepal
  • विकेटनेपाल, भदौ २० 

मलेसियामा आयोजना हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ११ तारिकमा थाईल्याण्डसंग खेल्ने भएको छ l

एसियन क्रिकेट काउन्सिलले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ l यो समुहमा नेपाल सहित भुटान, नेपाल, सिंगापुर र थाईल्याण्ड रहेका छन् l समुह ‘बि’ मा मलेसिया, चिन, हंगकंग र म्यानमार रहेका छन् l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा आयोजना हुने यु-१९ युथ एसिया कप खेल्न छनौट हुने एसीसीले बताएको छ l पूर्वी क्षेत्रबाट १ टिम र पश्चिमी क्षेत्रबाट १ टिम गरि २ टिम एसियाली टेस्ट रास्ट्रहरु सम्मेलित प्रतियोगितामा सहभागी हुने मौका पाउनेछ l

पहिलो खेल सेप्टेम्बर ११ मा थाईल्याण्डसंग क्लब अमन मैदानमा खेल्ने नेपालले दोश्रो खेल सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा, तेश्रो खेल सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ l

दिपेन्द्र ऐरीको कप्तानीमा रहने नेपाली टिम यति बेला प्रशिक्षणमा व्यस्त रहेको छ l

समुह ‘ए’ र ‘बि’ बाट उत्कृस्ट हुने २-२ टिम सेप्टेम्बर १६ मा सेमीफाइनल खेल्नेछन् l प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ तारिकमा किनारा ओभल मैदानमा खेलिनेछ जुन खेलको बिजेता यु-१९ युथ एसिया कप खेल्न छनौट हुनेछ l

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

प्रतियोगितामा सहभागी हुने नेपाली टिमको घोषणा भइसकेको छ l दिपेन्द्र ऐरीको कप्तानीमा रहने नेपाली टिम यति बेला प्रशिक्षणमा व्यस्त रहेको छ l नेपाली टिम सेप्टेम्बर ७ तारिकमा मलेसिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

यो पनि पढ्नुस – 





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]