अफगानिस्तानसंग पराजित हुँदै, टुंगियो नेपालको युथ एसिया कप यात्रा

Naveen Ul Haq , Dipendra Airee
  • विकेटनेपाल, मङ्सिर १ 

नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानीस्तान यु-१९ टिम मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

स्कोरकार्ड  अफगानिस्तानले आइतबार हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ। पाकिस्तानले सेमीफाइनलमा बंगलादेशलाई डी/एल मेथडको आधारमा २ रनले पराजित गरेको थियो।

किनरारा ओभल मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा नेपाललाई अफगानिस्तानले टस जितेर ब्याटिंग गर्ने निम्तो दिएको थियो। नेपालले कमजोर ब्याटिंग प्रदर्शन गरेपछि १०३ रनमै सबै विकेट गुमाएको थियो। उक्त लक्ष अफगानिस्तानले २०.३ ओभरमा नै मात्र ३ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष पछ्याउने क्रममा अफगानिस्तान ब्याट्सम्यान रह्मानुल्लाह गुर्बजले सर्बाधिक ७१ रन प्रहार गरेका थिए जुन क्रममा उनले २ छक्का र ९ चौका प्रहार गरे। यस अघि नेपाललाई सस्तोमै समेट्न एक्लैले ६ विकेट लिएका मुजिब उर् रहमान खेलको म्यान अफ द म्याच चुनिए।

मुजिब खेलको म्यान अफ द म्याच चुनिए l फोटो – अफगानिस्तान क्रिकेट बोर्ड

प्रतियोगितामा नेपालले समुह चरणको खेलमा भारतलाई १९ रनले तथा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। बंगलादेशसंग भने २ विकेटको झिनो अन्तरले पराजित भएको नेपाल समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गरेको थियो र सुरुवात देखि लगातार विकेट गुमायो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ५० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान विकेटमा जम्न सकेनन्। उनले ५७ बलमा ७ चौका र १ छक्का प्रहर गर्ने क्रममा आत्मविश्वासले भरिएको ब्याटिंग प्रस्तुत गरेका थिए।

अनिल शाहले अर्धशतक प्रहार गरे

ओपनर जितेन्द्र सिंह ठकुरी १, आसिफ शेख ० , कप्तान दिपेन्द्र ऐरी ६, रोहित पौडेल ४, भिम शर्की ६ रनमा पेभेलियन फर्किए। यस्तै कमल सिंह ऐरी ० , किशोर महतो ० तथा सन्दिप लामिछाने ७ रनमा आउट हुँदा शाहब आलमले अविजित ७ रन बनाए।

नेपाललाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमानले ६ विकेट हात पारे। उनले १० ओभरको स्पेलमा २ मेडनओभर सहित मात्र २८ रन खर्चे। त्यस क्रममा उनले नेपालको नम्बर १ देखि ५ सम्मको ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। यस्तै अहमद कमवालले २ विकेट हात पारे भने २ जना ब्याट्सम्यान रनआउट हुनपुगे।

बलिंगतर्फ नेपालको लागि कमल सिंह ऐरी, सन्दिप लामिछाने र पवन सर्राफले समान १/१ विकेट हात पारे।

 

 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]