- विकेटनेपाल, पौष ५ – मंगलबार
एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीएटर्सले काठमाण्डौ किंग्स ११ लाई ७ विकेटको सहज अन्तरले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
||स्कोरकार्ड || अंक-तालिका ||
काठमाडौंले दिएको ११९ रनको सामान्य लक्ष्य भैरहवाले १६.२ ओभरमा मात्र ३ विकेट गुमाउंदै भेट्टायो। भैरहवालाई सहज जित तर्फ लैजाने क्रममा पुनित बिष्टले नट-आउट ४२ रन बनाए। २८ बलको सामना गरेका पुनितले ६ चौका प्रहार गरे। यस्तै भैरहवाको लागि कप्तान शरद भेसावकरले ३२ तथा आरिफ सेखले नट आउट २३ रनको योगदान गरे।
काठमाडौंका लागि सोमपाल कामी, अमरसिंह रौटेला र सुशील कँडेलले समान १-१ विकेट लिए।
यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै ११८ रन मात्र बनाएको थियो। सुरुवातमा सम्हालिएर ब्याटिंग गरेपनि बिचका ओभरमा लगातार रुपमा विकेट गुमाएपछि काठमाडौं सस्तैमा रोकिएको थियो। काठमाडौंका लागि अमित श्रेष्ठले २९, सौरभ कुमारले २८ तथा राजु रिजालले २२ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन्। काठमाडौंले ११ रन अतिरिक्तको रुपमा पाएको थियो।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका लागि दिपेश श्रेष्ठले ३ तथा शरद भेसावकरले २ विकेट लिए।
जितसंगै भैरहवाले प्रतियोगितामा महत्वपूर्ण २ अंक समेत बटुलेको छ। एभेरस्ट प्रिमियर लिगमा भोलिपनि २ खेल हुँदैछन्। भोलीहुने पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीएटर्सको सामना गर्नेछ भने दोस्रो खेलमा चितवन टाईगर्सले काठमाडौं किंग्स एघारको सामना गर्नेछ।
अलराउन्ड प्रदर्शन गर्ने क्रममा ३० रन तथा २ विकेट हात पार्दै उत्कृस्ट कप्तानी गरेका शरद भेसावाकर म्यान अफ द म्याच घोषित भए ।
रोमान्चक खेलमा बिराटनगरको जित
किर्तिपुर मैदानमा आज भएको बिराटनगर वारियर्स र पोखरा राइनोज बिचको रोमान्चक खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले लगातार दोश्रो जित दर्ता गरेको छ ।
स्कोरकार्ड
टस हारेर पहिले ब्याटिंग गरेको शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका ओपनर इन्स्राउल्लाह र सुनिल धमलाले राम्रो सुरुवात दिलाएपनि मध्यक्रमले राम्रो साझेदारी गर्न सकेन । इन्स्राउल्लाहले १६ बलमा १ छक्का र २ चौका सहित २१ रन बनाए भने धमलाले १ चौका र १ छक्काले १८ रन बनाए ।
बिनोद भण्डारी र आसिफ अलि क्रमश ४ र १ रनमा आउट हुदाँ राजेश पुलामीले ३५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए भने कप्तान शक्ति गौचन ५ रन बनाएर आउट भए । सौरव खनाल र ताज अलिले क्रमश: १६ र १८ रन बनाउदै अविजित रहे ।

बिराटनगरका लागि राम्रो बलिंग परिवर्तनको नमुना प्रस्तुत गरेका कप्तान पारस खड्काले ३ विकेट लिन ४ ओभरमा २८ रन खर्चे । बसन्त रेग्मी र अविनाश कर्णले समान १ विकेट लिन १६/१६ रन खर्चे भने रामनरेश गिरीको नाममा १ विकेट रह्यो ।
करण केसीले गरेको पहिलो इनिंगको अन्तिम बलमा पोखराका ब्याट्सम्यानहरु रन लिने क्रममा पिचमा दौड़ेपछी अम्पाएरले पेनाल्टी स्वरूप बिराटनगरलाई ५ बोनस रन दिएका थिए ।
जवाफमा बिराटनगरले ७ विकेट गुमाउदै २ बल बाकी छँदा लक्ष्य पुरा गर्यो । उसका लागि ओपनर अन्स्युमन राथले ६० रन बनाए भने बाबर हायातले २२ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न नसकेको खेलमा प्रनित थापाले अन्तिम ३ बलमा चौका सहित ७ रन बनाएपछी बिराटनगरले जित दर्ता गरेको हो ।
पोखराका लागि पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २ विकेट लिने क्रममा ४ ओभरमा १० रन मात्र खर्चेपनि जितका लागि पर्याप्त हुन सकेन ।
एकातर्फबाट लगातार विकेट झरिरहेको अवस्थामा सम्हाल्लिएर अर्धसतक बनाएका हंगकंगका अन्स्युमन राथ खेलको उत्कृस्ट खेलाडी घोषित भए ।

Biratnagar Warrior team has done splendid job by buying Hong Kong Star players instead of Indian local players. The match result and performances of overseas players in ongoing EPL shows all. Only Insraullah has showed the the level to play in EPL. Other seem only citizenship holders of test nations. I hope, there will be star players from Ireland, Afghanistan, Netherlands, Kenya, UAE etc in next season.