७ वर्षमा दोश्रो एक दिवसीय खेल्दै क्यामरुन व्हाइट

  • विकेटनेपाल- २७ पौष, बिहिबार

इङल्याण्ड बिरुद्ध हुने एकदिवसीय शृङ्खलाका लागि अस्ट्रेलियाले क्यामरुन व्हाइटलाई टिममा समावेश गरेको छ। घाइते ब्याट्सम्यान क्रिस लिनको स्थानमा क्रिकेट अस्ट्रेलियाले व्हाइटलाई टिममा बोलाउने निर्णयले सबैलाई आश्चर्यचकित पारेको छ ।

व्हाइट घाइते भएपछी हार्ड हिटिंग ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई टिममा बोलाउने आशा गरिएपनि क्रिकेट अस्ट्रेलियाले व्हाइटलाई  ३ वर्षको अन्तरालमा पहिलो पटक टिममा सामेल गरेको छ ।

३४ बर्षीय अनुभवी ब्याटसम्यान व्हाइटले अन्तिम एकदिवसीय सन् २०१५ मा  इङल्याण्ड बिरुद्द नै खेलेका थिए। उक्त खेल खेल्नेक्रममा पनि उनले सन् २०११ पछी पहिलो पटक टोलीमा स्थान बनाएका थिए । यो सँगै व्हाइटले अन्तिम २०११ पछी दोश्रो पल्ट रास्ट्रीय टोलीको जर्सी लगाउने छन् ।

दायाँ हाते ब्याट्सम्यान व्हाइटलाई अहिले जारि बिग ब्याश लिग क्रिकेटमा गरेको प्रदर्शनको आधारमा टिममा समाबेश गरिएको छ ।

मेलबर्न रेनेगेड्सका लागि खेल्दै यो सिजन अहिले सम्म १४२.५को औसतमा २८५ रन बनाउदै सर्वाधिक रन बनाउनेको सुचीमा दोस्रो स्थानमा रहेका छन । सन  २००५ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका व्हाइटले अहिले सम्म ८८ एकदिवसीय, ४ टेस्ट र ४७ टि-२० खेलिसकेका छन् ।

उनले एकदिवसीय क्रिकेटमा दुईवटा शतक सहित २०३७ रन बनाएका छन् भने टेस्टमा १४६ तथा टी२० अन्तर्राष्ट्रियमा ९८६ रन बनाएका छन् ।

एकदिवसीय सिरिजको खेल तालिका

१४ जनवरी – एमसीजी, मेलबर्न
१९ जनवरी – गाब्बा
२१ जनवरी – एससीजी, सिड्नी
२६ जनवरी – एडिलेड मैदान, एडिलेड
२८ जनवरी – अप्टस

अस्ट्रेलियाको टिम

स्टिभ स्मिथ (कप्तान), डेभिड वार्नर (उप-कप्तान), प्याट कमिन्स, एरोन फिंच, जोश हेज़लवुड, ट्रभिस हेड, मिचेल मार्श, टिम पेन (विकेटकिपर), झ्य रिचर्ड्सन, मिचेल स्टार्क, मार्कस स्टोनोईस, एन्ड्रेवो टाई, क्यामरुन व्हाइट, एडम जाम्पा

इंग्ल्याण्डको टिम

ईयान मोर्गान (कप्तान), मोईन अलि, जोंनी बईर्स्टो, जेक बल, साम बिलिंग्स, जोस बट्लर, टम कुर्रान, अलेक्स हेल्स, डेविड मलान, लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोय, डेविड विल्ले, क्रिस वोक्स, मार्क वुड





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]