केभिन पिटरसनको आक्रामक ब्याटिंगमा स्टार्सको पहिलो जित : बिगब्यास

  • विकेटनेपाल, पौष २८ – शुक्रबार

केभिन पिटरसनले आक्रामक ब्याटिंग गर्दै पहिलो अर्धशतक बनाउदा मेलबर्न स्टार्सले बिग ब्यास लिगमा पहिलो जित दर्ता गरेको छ ।

प्रतियोगिता अन्तर्गत यसभन्दा अगाडी भएका सम्पूर्ण ५ खेलमा पराजित रहदै सेमिफाइनलमा पुग्ने लक्ष्य गुमाईसकेको मेलबर्न स्टार्सले एरोन फिंचको कप्तानीमा रहेको मेलबर्न रेनेगेड्सलाई २३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको स्टार्सले खराब सुरुवात गर्दै पहिलो ओभरमानै बेन डंकलाई खाता नखोल्दै गुमाएको थियो । त्यसपछि पिटर्सन र पिटर ह्यान्ड्स्कमले मिलेर दोश्रो विकेटको लागि ११० रनको साझेदारी गरेका थिए। ह्यान्ड्स्कमले ४१ रन बनाउन ३७ बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

अर्धशतक प्रहार गरेपछि पिटरसन ( फोटो : cricbuzz )

ह्यान्ड्स्कमलाई १३ औं ओभरको पहिलो बलमा प्रतियोगिताको अन्तिम खेल खेलेका मोहम्मद नाबीले आउट गरे, त्यस लगत्तै १४.३ ओभरमा पिटर्सन पनि ७४ रन बनाउदै आउट भए। खेलमा म्यान अफ द म्याच समेत घोषित उनले मात्र ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यसपछी आएका ग्लेन म्याक्सवेलले ३१ रन बनाउन मात्र १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै टिमको योगफल ४ विकेटको नोक्सानीमा १६७ रन पुर्याएका थिए ।

बलिंगतर्फ अफगानिस्तान खेलाडी मोहम्मद नाबीले २ विकेट लिदै १५ रन खर्चिए।

जबाफमा लक्ष्य पछ्याउन उत्रिएको रेनेगेड्सलाई सस्तैमा रोक्न स्टार्सका जक्सन कोलेमनले २७ रन खर्चिएर ३ विकेट लिए । कप्तान जोन ह्यांगस्टिंगले पनि २ विकेट लिन २८ रन खर्चिएपछि रेनेगेड्सले ९ विकेट गुमाउदै १४४ रन बनाएको हो । उसका लागि नाबी तथा ज्याक विल्डरमुथले सर्बाधिक २३ रन बनाएका थिए ।

बिग-ब्यास अंक-तालिका

बिग ब्यास सम्बन्धित :- 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]