केभिन पिटरसनको आक्रामक ब्याटिंगमा स्टार्सको पहिलो जित : बिगब्यास

  • विकेटनेपाल, पौष २८ – शुक्रबार

केभिन पिटरसनले आक्रामक ब्याटिंग गर्दै पहिलो अर्धशतक बनाउदा मेलबर्न स्टार्सले बिग ब्यास लिगमा पहिलो जित दर्ता गरेको छ ।

प्रतियोगिता अन्तर्गत यसभन्दा अगाडी भएका सम्पूर्ण ५ खेलमा पराजित रहदै सेमिफाइनलमा पुग्ने लक्ष्य गुमाईसकेको मेलबर्न स्टार्सले एरोन फिंचको कप्तानीमा रहेको मेलबर्न रेनेगेड्सलाई २३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको स्टार्सले खराब सुरुवात गर्दै पहिलो ओभरमानै बेन डंकलाई खाता नखोल्दै गुमाएको थियो । त्यसपछि पिटर्सन र पिटर ह्यान्ड्स्कमले मिलेर दोश्रो विकेटको लागि ११० रनको साझेदारी गरेका थिए। ह्यान्ड्स्कमले ४१ रन बनाउन ३७ बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

अर्धशतक प्रहार गरेपछि पिटरसन ( फोटो : cricbuzz )

ह्यान्ड्स्कमलाई १३ औं ओभरको पहिलो बलमा प्रतियोगिताको अन्तिम खेल खेलेका मोहम्मद नाबीले आउट गरे, त्यस लगत्तै १४.३ ओभरमा पिटर्सन पनि ७४ रन बनाउदै आउट भए। खेलमा म्यान अफ द म्याच समेत घोषित उनले मात्र ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यसपछी आएका ग्लेन म्याक्सवेलले ३१ रन बनाउन मात्र १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै टिमको योगफल ४ विकेटको नोक्सानीमा १६७ रन पुर्याएका थिए ।

बलिंगतर्फ अफगानिस्तान खेलाडी मोहम्मद नाबीले २ विकेट लिदै १५ रन खर्चिए।

जबाफमा लक्ष्य पछ्याउन उत्रिएको रेनेगेड्सलाई सस्तैमा रोक्न स्टार्सका जक्सन कोलेमनले २७ रन खर्चिएर ३ विकेट लिए । कप्तान जोन ह्यांगस्टिंगले पनि २ विकेट लिन २८ रन खर्चिएपछि रेनेगेड्सले ९ विकेट गुमाउदै १४४ रन बनाएको हो । उसका लागि नाबी तथा ज्याक विल्डरमुथले सर्बाधिक २३ रन बनाएका थिए ।

बिग-ब्यास अंक-तालिका

बिग ब्यास सम्बन्धित :- 





थप समाचार

नेपालमाथि पाकिस्तानको सहज जित

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपको दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले सहज जित निकालेको छ । श्रीलंकाको डम्बुलामा भएको […]

ऐतिहासिक रुपमा सेमिफाइनल पुग्न नेपालले दियो १०९ रनको लक्ष्य

काठमाडौं । एसिया कपको ईतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य दिएको छ । […]

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ । पाकिस्तानकी कप्तान निदा दारले टस जितेर […]

यसरी पुग्नेछ नेपाल एसिया कपको सेमिफाइनलमा…

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा […]

नामिबियामाथी स्कटल्याण्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा […]

पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल […]