श्रीलंकाद्वारा नेपाललाई ४९५ रनको बिशाल लक्ष

२०७४ पुष २९, शनिबार १५:१७

Nepal Blind Cricket Team
  • विकेटनेपाल, २९ पौष

पाकिस्तान र युएईमा जारि पाँचौ नेत्रहिन एकदिवसीय बिश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल श्रीलंकासंग खेलीरहेको छ।

युएईको अज्मान ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले पहिलो इनिंगमा बिशाल स्कोर बनाएको छ। निर्धारित ४० ओभरको इनिंगमा ५ विकेट गुमाउदै श्रीलंकाले ४९४ रनको स्कोर बनाएको हो।

श्रीलंकन टिमको लागि ओपनिंग ब्याटिंग गरेका डिमुथु रभिन्द्र अविजित १७० तथा चन्दना देशाप्रियाले अब्जित ११९ रनको योगदान दिए। यस्तै अर्का ब्याट्सम्यान प्रियान्थाले पनि अर्धशतकीय योगदान दिए जो रिटायर्ड आउट भए।

खेलको भिडियो हेर्न क्लिक गर्नुस 

https://www.youtube.com/watch?v=pXFRzWGbj-I

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ वटै खेलमा पराजय बेहोरीसकेकोले श्रीलंकासंगको जित सेमीफाइनल प्रवेशको लागि महत्वपूर्ण रहेको छ। नेपालले अब अस्ट्रेलिया र भारतसंग खेल्न बाँकीछ।

नेपालले पहिलो खेलमा पाकिस्तानसंग  ९ विकेटले तथा दोश्रो खेलमा बंगलादेशसंग ४ विकेटले हारेको थियो। नेपालले चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

खेलको अपडेट यो लिंकमा  

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy