श्रीलंकाद्वारा नेपाललाई ४९५ रनको बिशाल लक्ष

Nepal Blind Cricket Team
  • विकेटनेपाल, २९ पौष

पाकिस्तान र युएईमा जारि पाँचौ नेत्रहिन एकदिवसीय बिश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल श्रीलंकासंग खेलीरहेको छ।

युएईको अज्मान ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले पहिलो इनिंगमा बिशाल स्कोर बनाएको छ। निर्धारित ४० ओभरको इनिंगमा ५ विकेट गुमाउदै श्रीलंकाले ४९४ रनको स्कोर बनाएको हो।

श्रीलंकन टिमको लागि ओपनिंग ब्याटिंग गरेका डिमुथु रभिन्द्र अविजित १७० तथा चन्दना देशाप्रियाले अब्जित ११९ रनको योगदान दिए। यस्तै अर्का ब्याट्सम्यान प्रियान्थाले पनि अर्धशतकीय योगदान दिए जो रिटायर्ड आउट भए।

खेलको भिडियो हेर्न क्लिक गर्नुस 

https://www.youtube.com/watch?v=pXFRzWGbj-I

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ वटै खेलमा पराजय बेहोरीसकेकोले श्रीलंकासंगको जित सेमीफाइनल प्रवेशको लागि महत्वपूर्ण रहेको छ। नेपालले अब अस्ट्रेलिया र भारतसंग खेल्न बाँकीछ।

नेपालले पहिलो खेलमा पाकिस्तानसंग  ९ विकेटले तथा दोश्रो खेलमा बंगलादेशसंग ४ विकेटले हारेको थियो। नेपालले चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

खेलको अपडेट यो लिंकमा  

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]