भारत र पाकिस्तान नेत्रहीन विश्वकपको फाइनलमा, नेपालले १ जितमै चित्त बुझायो

  • विकेटनेपाल- ४ माघ, बिहिवार

श्रीलंकालाई पराजित गर्दै आयोजक पाकिस्तान पाँचौ नेत्रहीन विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई १५६ रनले हराउन सफल भयो।

संयूक्त अरब एमिरेट्स (यूएई) को अजमानमा भएको सेमीफाईनल खेलमा पाकिस्तानले पहिले ब्याटिंग गर्दै ४८९ रनको बिशाल योगफल तयार पारेको थियो। जवाफमा ब्याटिंग गर्न उत्रिएको श्रीलंकाले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदा ३३३ रन मात्र जोड्न सक्यो र खेलको नतिजा आयोजक पाकिस्तानलाई सुम्पन पुग्यो।

(Credit: @geo.tv)

अब फाइनल खेलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्धि भारतको सामना गर्ने छ। क्रिकेटको कुनै पनि बिधामा भारत र पाकिस्तान एक अर्काका कट्टर प्रतिद्वन्धि हुन्। फाइनल खेल भने जनवरी २० तारिखमा सारजाहमा हुने छ।

यसअघि पाकिस्तान बिरुद्ध जनवरी १३ मा भएको खेलमा भने भारतले ७ विकेटको शानदार जित हात पारेको थियो। भारत प्रतियोगिताको साविक बिजेता समेत हो।

बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा

भारतले पनि हिजोनै भएको सेमिफाइनलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । म्यान अफ द म्याच गनेशभाई मुहुदकरले ६९ बलमा ११२ रनको शतकीय पारि खेलेपछि भारतले बंगलादेशले दिएको २५७ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गरेको थियो । बंगलादेशका लागि अब्दुल मालिकले अविजित १०८ रनको पारि खेलेपनि अन्य खेलाडीहरुको प्रदर्शन सम्झनलायक रहेन । बंगलादेश ३८.२ ओभरमा २५६ रनमा अलआउट भएको थियो ।

(Credit: @News18)

यता बिभिन्न बाधा र व्यवधान झेल्दै विश्वकप खेल्न पुगेको नेपाली नेत्रहीन टोलिले भने प्रतियोगितामा एक जित मात्र हात पार्न सक्यो।
अस्ट्रेलिया बिरुद्धको जित नेपाली टोलीका लागि यादगार रह्यो। क्रिकेटको कुनैपनि बिदा र समुहमा कंगारु टोलि बिरुद्ध यो नेपालको पहिलो जित थियो। प्रतियोगिताका अन्य खेलमा भारत, श्रीलंका र बंगलादेश संग नेपाल पराजित भएको थियो।

सम्बन्धित

नेपालसंग अस्ट्रेलिया पराजित

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]