कप्तान स्मिथ सहित अस्ट्रेलियन टिमलाई आईसीसीको जरिवाना

२०७४ माघ ९, मंगलवार १९:४६

  • विकेटनेपाल, माघ ९ – मंगलबार

अस्ट्रेलियाका कप्तान स्टिव स्मिथ सहित पुरा अस्ट्रेलियन क्रिकेट टिमलाई इंग्ल्याण्डबिरुद्द जारि शृंखलाको तेस्रो एकदिवसीय खेलमा ढिलो ओभर-रेटका कारण आइसीसीले कारबाही गरेको छ।

आइसीसीले आइतबार जारि गरेको वक्तव्य अनुसार, अस्ट्रेलियाले आफ्नो बलिंग गरेर सकाउनुपर्ने भन्दा २ ओभर कम बलिंग गरेको कारण अस्ट्रेलियाका खेलाडीलाई जरिवाना गरेको बताएको छ। आईसीसीको धारा २.५.१ अनुसार यदि बलिंग गर्न ढिला गरेको खण्डमा खेलाडीहरुलाइ प्रति ओभर १०% र कप्तानलाई २०% जरीवाना गर्ने गर्दछ।

यस अनुसार कप्तान स्मिथले म्याच फिको ४० प्रतिशत तथा अन्य १० खेलाडीले म्याच फिको २० प्रतिशत जरिवाना तिर्नु पर्नेछ। अस्ट्रेलियाले २ ओभर ढिला गरेको कारण जरिवाना दोब्बर भएको हो।

यस्तै आगामी १२ महिनामा अस्ट्रेलियाले पुनः स्टिव स्मिथकै कप्तानीमा यस्तै गल्ति दोहर्याए स्मिथलाई आइसीसीले गल्तिको प्रकृति हेरेर केहि खेलबाट निलम्बित गर्नेछ।

आइतबार सम्पन्न तेश्रो एकदिवसीयमा इंग्ल्याण्डले अस्ट्रेलियालाई १६ रनले पराजित गरेको थियो जुन क्रममा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउंदै २८६ रनमात्र जोड्न सकेको थियो। अस्ट्रेलिया पराजित हुँदै सिरिजमा ३-० ले पछाडी परेको थियो। यो अस्ट्रेलियाको भुमिमा इंग्ल्याण्डको पहिलो एक दिवसीय सिरिज जित पनि हो। बिस्तृतमा पढ्नुस 

सम्बन्धित समाचार :-

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy