फखर जमानको विश्वरेकर्डमा पाकिस्तानको क्लिनस्विप

  • विकेटनेपाल, श्रावण ७ – सोमबार

पाकिस्तानको जिम्बाबे भ्रमण अन्तर्गत पाचौं एकदिवसीय खेलमा ८५ रनको पारि खेल्दै पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमानले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन्।

सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारत बिरुद्द शतक प्रहार गर्दै पाकिस्तानलाई प्रतियोगिताको उपाधी जिताएका जमानले जिम्बाबेको घरेलु मैदानमा सम्पन्न पाचौं एकदिवसीय अन्तर्गत आफ्नो १८ औं एकदिवसीय पारीमा २० रन पुरा गरेसँगै यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

यसअगाडी सबैभन्दा छिटो हजार रन पुरा गर्ने किर्तिमान विवियन रिचर्ड्स, केविन पीटरसन, जोनाथन ट्रट, क्विंटन डी कक् र बाबर अजामको नाममा रहेको थियो, उनिहरुले २२ पारीमा हजार रन पुरा गरेका थिए।

जिम्बाबेबिरुद्द पाकिस्तानले गर्यो क्लिनस्विप

यस्तै पाच एकदिवसीय खेलको सिरिजमा पाकिस्तानले जिम्बाबेबिरुद्द सबै पाँचवटै खेलमा जित हात पारेको छ। पाचौँ एकदिवसीयमा पाकिस्तानलाई १३१ रनको फराकिलो जित दिलाउनेक्रममा फखर ज़मानले ८५ रन, इमाम उल हकले ११० रन तथा बाबर अजामले अविजित १०६ रनको पारि खेलेपछि ५० ओभरमा ४ विकेटको क्षतिमा ३६४ रनको योगफल तयार पारेको थियो।

जवाफमा हसन अलि र मोहम्मद नवाजले समान २/२ विकेट तथा मोहम्मद आमिरको ८ ओभरमा मात्र १९ रनको किफायती बलिंगको मद्दतले जिम्बाबेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो। उसका लागि हमिल्टन मासाकाद्जा र तिनाशे कुमुहुमाम्वेले समान ३४ रन, प्रिन्स मस्वौरेले ३९ रन, रायन मुर्रेले ४७ रन, पिटर मोरले अविजित ४४ रन तथा ईल्टन चिगाम्बुराले अविजित १० रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।

यसअघिका नतिजा

चौथो एकदिवसीय: पाकिस्तान ३९९/१ (५० ओभर) द्वारा जिम्बाबे १५५/१० (४२.४ ओभर) २४४ रनले पराजित
तेस्रो एकदिवसीय: जिम्बाबे ६७/१० (२५.१ ओभर) पाकिस्तान ६९/१ (९.५ ओभर) सँग ९ विकेटले पराजित
दोश्रो एकदिवसीय: जिम्बाबे १९४/१० (४९.२ ओभर) पाकिस्तान १९५/१ (३६ ओभर) सँग ९ विकेटले पराजित
पहिलो एकदिवसीय: पाकिस्तान ३०८/७ (५० ओभर) द्वारा जिम्बाबे १०७/१० (३५ ओभर) २०१ रनले पराजित





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]