फखर जमानको विश्वरेकर्डमा पाकिस्तानको क्लिनस्विप

  • विकेटनेपाल, श्रावण ७ – सोमबार

पाकिस्तानको जिम्बाबे भ्रमण अन्तर्गत पाचौं एकदिवसीय खेलमा ८५ रनको पारि खेल्दै पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमानले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन्।

सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारत बिरुद्द शतक प्रहार गर्दै पाकिस्तानलाई प्रतियोगिताको उपाधी जिताएका जमानले जिम्बाबेको घरेलु मैदानमा सम्पन्न पाचौं एकदिवसीय अन्तर्गत आफ्नो १८ औं एकदिवसीय पारीमा २० रन पुरा गरेसँगै यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

यसअगाडी सबैभन्दा छिटो हजार रन पुरा गर्ने किर्तिमान विवियन रिचर्ड्स, केविन पीटरसन, जोनाथन ट्रट, क्विंटन डी कक् र बाबर अजामको नाममा रहेको थियो, उनिहरुले २२ पारीमा हजार रन पुरा गरेका थिए।

जिम्बाबेबिरुद्द पाकिस्तानले गर्यो क्लिनस्विप

यस्तै पाच एकदिवसीय खेलको सिरिजमा पाकिस्तानले जिम्बाबेबिरुद्द सबै पाँचवटै खेलमा जित हात पारेको छ। पाचौँ एकदिवसीयमा पाकिस्तानलाई १३१ रनको फराकिलो जित दिलाउनेक्रममा फखर ज़मानले ८५ रन, इमाम उल हकले ११० रन तथा बाबर अजामले अविजित १०६ रनको पारि खेलेपछि ५० ओभरमा ४ विकेटको क्षतिमा ३६४ रनको योगफल तयार पारेको थियो।

जवाफमा हसन अलि र मोहम्मद नवाजले समान २/२ विकेट तथा मोहम्मद आमिरको ८ ओभरमा मात्र १९ रनको किफायती बलिंगको मद्दतले जिम्बाबेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो। उसका लागि हमिल्टन मासाकाद्जा र तिनाशे कुमुहुमाम्वेले समान ३४ रन, प्रिन्स मस्वौरेले ३९ रन, रायन मुर्रेले ४७ रन, पिटर मोरले अविजित ४४ रन तथा ईल्टन चिगाम्बुराले अविजित १० रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।

यसअघिका नतिजा

चौथो एकदिवसीय: पाकिस्तान ३९९/१ (५० ओभर) द्वारा जिम्बाबे १५५/१० (४२.४ ओभर) २४४ रनले पराजित
तेस्रो एकदिवसीय: जिम्बाबे ६७/१० (२५.१ ओभर) पाकिस्तान ६९/१ (९.५ ओभर) सँग ९ विकेटले पराजित
दोश्रो एकदिवसीय: जिम्बाबे १९४/१० (४९.२ ओभर) पाकिस्तान १९५/१ (३६ ओभर) सँग ९ विकेटले पराजित
पहिलो एकदिवसीय: पाकिस्तान ३०८/७ (५० ओभर) द्वारा जिम्बाबे १०७/१० (३५ ओभर) २०१ रनले पराजित

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy