एसिया कप छनौटको उपाधीका लागि युएई र हंगकंग भिड्ने

  • विकेटनेपाल, १९ भदौ मंगलवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको फाइनलमा युएई र हंगकंग भिड्ने भएका छन्। मंगलवार सम्पन्न आआफ्ना खेल जितेका युएई र हंगकंग अंकतालिकामा क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन्।

मंगलवार सम्पन्न नेपाल बिरुद्धको खेलमा ३ विकेटको रोमान्चक जित दर्ता गरेको हंगकंगले फाइनलमा बिहिवार युएईको सामना गर्नेछ। युएईले पनि आजनै सम्पन्न अर्को खेलमा ओमानलाई १३ रनको अन्तरले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिंग गरेको युएईका लागि कप्तान रोहन मुस्तफाले ७१ रनको पारि खेलेपछि निर्धारित ५० ओभरमा युएईले ८ विकेट गुमाएर २०८ रन जोडेको थियो। ओमानको बलिंगमा जिशन मक्सुद र अहमद फयाज बटले समान २-२ विकेट लिएका थिए।

जवाफमा २०९ रनको लक्ष्यको पिछा गरेको ओमान ४७.२ ओभरमा १९५ रनमा समेटिन पुग्यो। उसको चेजमा आकिब इल्यासले ४५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। युएईको उत्कृस्ट बलिंगमा कप्तान रोहन मुस्तफा, मोहम्मद नाबिद र आमिर हयातले समान २-२ विकेट लिए।

प्रतियोगिताको फाइनल खेल बिहिवार मलेसियाको किनरारा ओभल मैदानमा हुनेछ। युएई र हंगकंग बिचको फाइन खेलको बिजेताले युएईमा सेप्टेम्बर १५ बाट आयोजना हुने एसिया कपमा समुह “ए” मा रहेर भारत र पाकिस्तानसंगै खेल्ने मौका प्राप्त गर्नेछन्। यस्तै २०१८ को डिसेम्बरमा आयोजना हुने इमार्जिंग टिम्स कपमा समेत एसिया कप छनौटको बिजेता राष्ट्रले स्थान बनाउने छ।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]