भारत बलियो, बिराटले पछि छाडे सचिन, लारा र अमलालाई

  • विकेटनेपाल, मङ्सिर १६ – शनिबार 

भारत : ३७१/४ ( कोहली १५६*, विजय १५५, सन्दकन २-११० )  – पहिलो दिनको समाप्ति

भारत र श्रीलंका बीच जारि टेस्ट शृंखला अन्तर्गत तेश्रो टेस्ट दिल्लीमा सुरु भएको छ। फिरोहशाह कोटला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले पहिलो दिनको समाप्तिमा मात्र ४ विकेट गुमाएर ३७१ रन बनाएको छ।

पहिलो सत्रमा ओपनर शिकार धवन र चेतेश्वर पुजारा समान २३ रन बनाएर पेभेलियन फर्किएपछि ७८ रनमा २ विकेट गुमाएको भारतलाई कप्तान बिराट कोहली र मुरली विजयले तेश्रो विकेटको लागि २८३ रनको साझेदारी गर्दै बिशाल स्कोरतर्फ डोर्याएका थिए।

टेस्ट क्रिकेटमा कोहलीले आफ्नो २० औं शतक पुरा गर्ने क्रममा दिनको समाप्तिसम्म अविजित १५६ रन बनाएर ब्याटिंग गरिरहेका छन्। मुरली विजयले ११ औं टेस्ट शतक पुरा गरेपछि १५५ रनको स्कोरमा विकेट गुमाउन पुगे। कोहलीले १८६ बलको सामना गर्दै १६ चौका प्रहार गरिसकेका छन् भने विजयले २६७ बलको इनिंगमा १३ चौका प्रहार गरे।

मुरली विजय शतक पुरा गरेपछि

मुरली विजय तेश्रो विकेटको रुपमा सन्दकनको बलमा स्टम्प भएपछि भारतले अजिंके रहाने ( १ ) लाई पनि लगतै गुमायो। दिनको समाप्तिमा कोहलीसंग रोहित शर्मा ६ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

श्रीलंकाको लागि लक्षण सन्दकनले २ तथा लहिरु गमागे र दिलरुवान परेरले १/१ विकेट हात पारेका छन् । सन्दकनले २३ ओभर बलिंग गर्ने क्रममा ११० रन खर्चीसकेका छन् जुन क्रममा रहने र विजयको विकेट लिए।

सिरिजमा भारतले १-० को अग्रता लिएको छ। पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्ट भारतले जितेको थियो।

२० औं टेस्ट शतक बनाउने क्रममा कोहलीले बिभिन्न रेकर्ड आफ्नो नाम गराएका छन्:- 

१६,००० रन पुरा गर्ने सबैभन्दा छिटो –  कोहली आज ३९ रन बनाउने बितिकै अन्तर्राष्ट्रिय क्रिकेटमा १६,००० रन पुरा गरेका कोहली यति रन पुरा गर्ने बिश्वकै सबैभन्दा छिटो ब्याट्सम्यान बनेका छन्। उनले कुल ३५० पारिमा यो सफलता हाँसिल गरेका हुन्। १६,००० रन पुग्न दक्षिण अफ्रिकी ब्याट्सम्यान हाशिम अमलाले ३६३ इनिंग लागेको थियो भने ब्रायन लाराले ३७४ तथा सचिन तेन्दुलकरले ३७६ पारि लगाएका थिए।

टेस्टमा कोहलीले कुल १०५ पारिमा ५०१४* रन बनाएका छन् भने वानडेमा १९४ पारिमा ९०३० रन तथा टि-२० अन्तर्राष्ट्रियमा ५१ पारिमा १९५६ रन बनाएका छन्।

कोहलीको ५,००० टेस्ट रन पुरा  – कोहलीले टेस्ट क्रिकेटमा ५००० रन समेत पुरा गरेका छन्। आज २५ रन पुरा गर्ने बितिकै कोहलीले यो सफलता हाँसिल गरे। ५,००० रन पुरा गर्ने कोहली ११ औं भारतीय ब्याट्सम्यान हुन्। सचिन तेन्दुलकरले ५,००० टेस्ट रन १०३ इनिंगमा तथा बिरेन्द्र सहवागले ९९ इनिंगमा पुरा गरेका थिए।

टेस्ट क्रिकेटमा सबैभन्दा कम इनिंग खेल्दै ५,०००० रेस्ट रन पुरा गर्ने रेकर्ड भने महान ब्याट्सम्यान डन ब्राडम्यानको नाममा छ जसले मात्र ५६ इनिंगमै उक्त टेस्ट रन पुरा गरेका थिए। ५००० रन छिटो पुरा गर्ने भारतीय ब्याट्सम्यानहरु – सुनिल गवास्कार ( ९५ इनिंग ) , बिरेन्द्र सहवाग ( ९९ इनिंग ) , सचिन तेन्दुलकर ( १०३ इनिंग )

कोहली र विजयले २८३ रनको साझेदारी गरे

कोहलीले २० औं शतक पुरा गर्ने क्रममा १०५ इनिंग लगाए जुन टेस्ट क्रिकेटमा पाँचौ छिटो हो। डन ब्राडम्यानले ५५ इनिंगमा २० औं शतक प्रहार गरेका थिए भने त्यसपछि सुनिल गावस्करले ९३ , म्याथु हेडनले ९५ तथा स्टिभ स्मिथले ९९ इनिंगमा २० औं शतक पुरा गरेका थिए।

कप्तानको रुपमा कोहलीले ३,००० टेस्ट रन  पुरा गरे जुन पुरा गर्ने उनि पाँचौ छिटो बनेका छन् । डन ब्राडम्यानले मात्र ३७ इनिंगमा कप्तानको रुपमा यति रन बनाएका थिए भने महेला जयबर्धनेले ४८ तथा ग्राहम गुचले ४९ इनिंग लगाएका थिए।आजै स्टिभ स्मिथले पनि जारि एसेजमा ३,००० टेस्ट रन पुरा गरेका छन्। स्मिथले ४९ औं पारिमा कप्तानी गर्दै ३,००० रन पुरा गरेका हुन् भने कोहलीले ५० औं पारि।

११० बलमा शतक पुरा गरेका कोहलीको यो व्यक्तिगत सबैभन्दा छिटो टेस्ट शतक हो। जारि सिरिजको पहिलो टेस्टमा उनले ११९ बल शतक पुरारेका थिए। कोहलीले आफ्नो ५० रन ५२ बलमै पुरा गरेका थिए त्यो पनि व्यक्तिगत छिटो हो।

तेश्रो विकेटको लागि बिराट कोहली र मुरली विजयको २८३ रनको साझेदारी श्रीलंकाबिरुद्ध भारतीय जोडीको सबैभन्दा ठुलो साझेदारी हो। यो भन्दा अघि १९८६ मा छैठौ विकेटको लागि कपिल देब र मोहम्मद अजरुद्दीनले २७२ रनको साझेदारी गरेका थिए भने सचिन तेन्दुलकर र सौरभ गांगुलीले १९९७ मा चौथो विकेटको लागि २५६ रनको साझेदारी गरेका थिए।

( फोटोहरु – बिसीसीआई , रेकर्ड श्रोत – क्रिकइन्फो, क्रिकेटकन्ट्री )

 

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]