यु-१६ रास्ट्रिय टिम थाईल्याण्ड प्रस्थान

  • विकेटनेपाल, २३ मङ्सिर 

थाईल्याण्डमा ११ डिसेम्बर देखि सुरु हुने एसीसी यु-१६ इस्टर्न रिजन प्रतियोगिता खेल्न नेपाली यु-१६ रास्ट्रिय क्रिकेट टिम आज थाईल्याण्डतर्फ प्रस्थान गरेको छ।

नेपाल सहित ८ टिम सहभागी हुने प्रतियोगितामा नेपालले आयोजक थाईल्याण्डसंग ११ डिसेम्बरमा खेल्नेछ। ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ जसमध्ये नेपाल रहेको समुहमा थाईल्याण्ड, हंगकंग र म्यानमार रहेका छन्।

सहभागी रास्ट्रहरु – थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर र नेपाल

प्रतियोगिताको लागि नेपालले काठमाडौँमा ३ साता अभ्यास गरेको थियो। देशका बिभिन्न क्षेत्रबाट छानिएका ४६ जना खेलाडीहरुबाट २४ हुँदै १४ जना खेलाडी प्रतियोगिताको लागि छानिएका छन्। नेपाली टिमको कप्तानी काठमाडौँका रित गौतमले गर्नेछन्।

टिमको प्रशिक्षकमा जंगबहादुर थापाले र दिपेन्द्र चौधरी रहेका छन्। यस्तै टिम निर्देशकको रुपमा बिनोद दास पनि टिमसंगै मलेसिया उडेका छन्। तिन जनाको छनौट समितिले १४ सदस्यीय टिमको चयन गरेको थियो।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

वैकल्पिक – विवेक कुमार यादब , रहमान अलि , बिशांक सुबेदी, शेख इमरान

 

कप्तान रित गौतम बीचमा टिम निर्देशक बिनोद दास ( बायाँ ) र सहायक प्रशिक्षक दिपेन्द्र चौधरीसंग

नेपाली टिमलाई शुक्रबार सुशील कोइराला फाउन्डेसनले बिदाई गरेको थियो। फाउन्डेसनलेनै बन्दसत्रको क्रममा नेपाली टिमको अधिकाँश जसो खर्च बेहोरेको थियो।

यु-१६ स्तरमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता यस भन्दा अघि सन् २०१४ मा एसीसी यु-१६ प्रिमियर थियो। सो प्रतियोगिताको उपाधि नेपालले फाइनलमा नेपालले मलेसियालाई ३२ रनले पराजित गरेको थियो। उक्त प्रतियोगिता खेलेका आसिफ शेखले नेपाली रास्ट्रिय टिममा स्थान बनाईसकेका छन् भने रबिन्द्र शाही, प्रनित थापा, सुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, पवन सर्राफ, रिजन ढकालले यु-१९ रास्ट्रिय टिमको लागि खेलीसकेका छन्।प्रतियोगितामा जितेन्द्र सिंह ठकुरी उत्कृस्ट बलर घोषित भएका थिए भने देब्रे हाते स्पिनर अनिल खरेलले उदयमान खेलाडीको उपाधि पाएका थिए।

कप्तान रित गौतमलाई बिदाई गर्दै उनकी आमा

( फोटो सौजन्य – निला भण्डारी )

 





थप समाचार

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]