रौनक र विपिनकाे उत्कृष्ट प्रर्दशनमा नेपाल २९८ रनले विजयी

काठमाडौं। रौनक श्रीवास्तवको शतकसँगै नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानलाई २९८ रनले पराजित गरेको छ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० हुँदा ९ विकेट गुमाएकाे थियाे। तर, अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भएकाे हाे।

भुटानका लागि ब्याटिङतर्फ छिन्जाङ दावाले सर्वाधिक १४ युगेन छाेपेलले १० रन भने अन्या ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।

भुटानलाई कम स्कोरमा रोक्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ६ मेडन फ्याक्दै सात रन खर्चिए। यस्तै, सचिन भट्ट र सुयाेग भट्टराईले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।

नेपालका रौनकले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। जोय थापाले ६७ बलमा ७ चौकासहित अविजित ६१ रन बनाए।

श्रीवान्स ५४ र सुगम बुढाथोकी ३५ रनमा आउट भए।

भुटानका लागि साङ्गे दोर्जीले सर्वाधिक ३ विकेट लिए। जेन्जिङ लोडी जामत्शोको नाममा १ विकेट रह्यो।

नेपाल यसअघि नै समूह एबाट सेमिफाइनलमा प्रवेश गरि सकेकाे छ। याे जितसँगै जारी प्रतियोगितामा नेपालले समूह चरणका सबै खेलमा शानदार विजयी हासिल गर्याे।

नेपालले सिंगापुरलाई ६ तथा जापानलाई ९ विकेटले हराउँदा इन्डाेरनेसियामाथि ३७० रनकाे जित हात पारेकाे थियाे।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]