रौनक र विपिनकाे उत्कृष्ट प्रर्दशनमा नेपाल २९८ रनले विजयी

काठमाडौं। रौनक श्रीवास्तवको शतकसँगै नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानलाई २९८ रनले पराजित गरेको छ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० हुँदा ९ विकेट गुमाएकाे थियाे। तर, अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भएकाे हाे।

भुटानका लागि ब्याटिङतर्फ छिन्जाङ दावाले सर्वाधिक १४ युगेन छाेपेलले १० रन भने अन्या ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।

भुटानलाई कम स्कोरमा रोक्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ६ मेडन फ्याक्दै सात रन खर्चिए। यस्तै, सचिन भट्ट र सुयाेग भट्टराईले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।

नेपालका रौनकले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। जोय थापाले ६७ बलमा ७ चौकासहित अविजित ६१ रन बनाए।

श्रीवान्स ५४ र सुगम बुढाथोकी ३५ रनमा आउट भए।

भुटानका लागि साङ्गे दोर्जीले सर्वाधिक ३ विकेट लिए। जेन्जिङ लोडी जामत्शोको नाममा १ विकेट रह्यो।

नेपाल यसअघि नै समूह एबाट सेमिफाइनलमा प्रवेश गरि सकेकाे छ। याे जितसँगै जारी प्रतियोगितामा नेपालले समूह चरणका सबै खेलमा शानदार विजयी हासिल गर्याे।

नेपालले सिंगापुरलाई ६ तथा जापानलाई ९ विकेटले हराउँदा इन्डाेरनेसियामाथि ३७० रनकाे जित हात पारेकाे थियाे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy