मलेसियालाई पराजित गर्दै नेपाल फाईनलमा

  • विकेटनेपाल, पुष १ 

एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले मलेसियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

स्कोरकार्ड

टेर्ड थाई मैदान थाईल्याण्डमा भएको दोश्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले प्रतिश जिसीको २५ रनको मद्दतमा ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो l प्रतिशले २२ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै सुनिल भण्डारी र नारायण जोशीले समान १७ रन बनाउदा बिकाश बिक्रम केसीले १५ रनको योगदान दिए । तृतराज दासले १३ रन, रित गौतम र राजन मगरले ११ रन, निखिल कुमार सिंह र कुशल मल्लले समान ६ रन तथा सुर्य तामांगले १ रन जोडे ।

बर्षाको कारणले ३५ ओभरबाट ३४ ओभरमा झारिएको खेलमा टस जितेको फाइदा उठाउदै मलेसियाले नेपाली ब्याट्सम्यानहरुलाई दबाबमा राख्यो । उसका मोहम्मद अफिकले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १९ रन खर्चिए भने असलम खानले २ विकेट आफ्नो नाम गरे।

सुर्य तामांगले ४ विकेट हात पारे

नेपालका बलरहरुले उत्कृस्ट प्रदर्शन गरेको खेलमा मलेसियाले मात्र ५५ रन बनाउदा सबै विकेट गुमाउदै खेल ७२ रनले गुमायो । नेपालका सुर्य तामांगले ४ विकेट लिन ७ ओभरमा १२ रन खर्चिदा प्रतिश जिसीले ३ विकेट लिन ६ ओभरमा २३ खर्चे ।

मलेसियाका लागि ओपनर संदेश सुप्पारमानियमले सर्बाधिक १६ रन बनाउदा दोश्रो सर्बाधिक स्कोर अतिरिक्त पाएको १३ रन रह्यो । अन्य ब्याट्सम्यानको प्रदर्शन एकदमै कमजोर रह्यो जसमा दूई जनाले ८/ ८ रन बनाउदा दुई जना डक आउट भए भने तीन जनाले १ /१ रन मात्र बनाउन सके ।

नेपालले प्रतियोगिताको फाइनल खेलमा सिंगापुरको सामना गर्नेछ । सिंगापुरले आजै भएको पहिलो सेमिफाइनलमा हंगकंगलाई ८ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

प्रतिस जिसी






 





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]