फाइनलमा नेपाल र सिंगापुर भिड्दै, पढ्नुस कस्तो छ सिंगापुर

  • विकेटनेपाल, पौष २

एसीसी यु-१६ इस्टर्न प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरसंग खेल्ने भएको छ । हिजो सम्पन्न सेमीफाइनलमा नेपालले मलेसियालाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

हिजै सम्पन्न अर्को सेमीफाइनलमा सिंगापुरले हंगकंगलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। फाइनल खेल आज आइतबार टेर्डथाई मैदान थाईल्याण्डमा नेपाली समय बिहान ८:४५ बजे हुनेछ।

नेपालले प्रतियोगिता अन्तर्गत समुह चरणमा थाईल्याण्ड, हंगकंग र म्यानमारलाई पराजित गर्दै समुह ए को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। सिंगापुरले पनि समुह बि मा मलेसिया, चिन र भुटानलाई पराजित गर्दै समुह बि को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो।

नेपालले थाईल्याण्डलाई १३३ रनले, हंगकंगलाई ४ विकेटले तथा म्यानमारलाई ३३७ रनले समुह चरणमा पराजित गरेको थियो।

सेमीफाइनल खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित ३४ ओभरमा ८ विकेट गुमाई १२७ रन बनाएको थियो। जवाफमा ब्याटिंग गरेको मलेसियाले २१.१ ओभरमा ५५ रनमात्रै बनाउन सकेको थियो। उता सिंगापुरले हंगकंगले दिएको १२४ रनको लक्ष २४ ओभरमा २ विकेट मात्रै गुमाई पुरा गरेको थियो।

कस्तो छ सिंगापुर ?

सिंगापुरले पहिलो सेमीफाइनलमा हंगकंगलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

समुह  “बि’ को बिजेता को रुपमा सेमिफाइनलमा स्थान बनाएको उसले समूह चरणमा खेलेका तीनवटै खेल जितेको थियो । मलेसियालाई २९ रनले पराजित गरेको उसले भुटानलाई ७ विकेटले तथा चिनलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै सेमीफाइनलमा समुह ‘ए’ को उपविजेताको रुपमा रहेको हंगकंगलाई १२४ रनको लक्ष्य पछ्याउदै गर्दा ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको ।

पहिलो खेलमा मलेसियाबिरुद्द पहिले ब्याटिंग गर्दै ८ विकेटको क्षतिमा १५१ रनको योगफल तयार पारेको उसले मलेसियालाई १२२ रनमा अलआउट गर्दै २५ रनले जित हात पारेको थियो ।

दोश्रो खेलमा भुटानलाई ६६ रनमा रोक्दै १०.१ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको थियो भने समूहचरणको अन्तिम खेलमा चीनलाई ८७ रनको योगफलमा रोक्दै ११.५ ओभरमा २ विकेट गुमाएर जित दर्ता गरेको थियो ।

सिंगापुरको ब्याटिंग पक्ष हेर्दा इशान सव्नीले ४ खेलमा सर्बाधिक अविजित ४८ रन सहित १२३ रन बनाउदा दोश्रो सर्बाधिक रन ४ खेलबाटै ६३ रन रहेको छ तर उसका मध्यक्रम तथा तल्लोक्रमका ब्याट्सम्यानहरुले समुह चरण तथा सेमीफाइनलमा ब्याटिंग गर्न पाएका छैनन् ।

बलिंगको कुरा गर्दा टिममा एकजुटता देखिएको छ, प्रतियोगितामा आर्यन बेर्रीले ४ खेलको २० ओभरमा ५५ रन खर्चेर ९ विकेट हात पार्दा इशान सव्नीले २५ ओभरमा ५८ रन खर्चेर ७ विकेट हात पारेका छन् ।

अहिलेसम्म प्रतियोगितामा खेलेका खेलहरुमा सिंगापुरलाई माथिल्लो क्रमका ब्याट्सम्यानहरुले खेल जिताईरहेको अवस्थामा नेपालबिरुद्द माथिलो क्रम चल्न नसकेको खण्डमा मध्य र तल्लो क्रमका ब्याट्सम्यानको परिक्षा देख्न सकिनेछ ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]