ब्लुबर्डलाई इन्टर कलेज इन्डोर क्रिकेटको उपाधी

टेक्सास कलेजको आयोजनामा बुधबारदेखि सुरु भएको इन्टर-कलेज इन्डोर क्रिकेट च्याम्पियनसिपको उपाधी ब्लुबर्ड इन्टरनेसनल कलेजले हात पारेको छ। उसले आइतबार सम्पन्न फाइनलमा ग्लासियर इन्टरनेसनल कलेजलाई ४२ रनले पराजित गर्यो।

उपाधी हात पारेको ब्लुबर्डले नगद ५१ हजार र उपविजेता बनेको ग्लासियरले नगद २५ हजार ५ सय प्राप्त गर्यो।

खेलमा २९ रन बनाउँदै २ विकेट समेत लिएका बिबेक राना प्लेयर अफ द फाइनलका साथै प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। यस्तै ओजस्वी कलेजका अभियान बस्नेत र आश्रय बस्नेत प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बलर घोषित भए।

टस हारेर पहिले ब्याटिंग गरेको ब्लुबर्डले १० ओभरमा ११७/४ बनायो। उसका सचिन लेखकले २१ बलमा ४५ र बिबेक रानाले २० बलमा २९ रन बनाए। लक्ष्य पछ्याएको ग्लासियरले ७५ रनमात्र बनाउन सक्यो। ग्लासियरका लागि दिपेन्द्र बोहराले २६ बलमा ४१ रन बनाएपनि जितको लागि पर्याप्त भएन।

कुल २४ कलेज सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ६ वटा समुहमा बिभाजन गरिएको थियो।

प्रतियोगिताको उत्कृस्ट हुने खेलाडी बिबेक रानाले प्रिसीयस ट्राभल एण्ड टुरको तर्फबाट पोखराको टु-वे टिकट तथा लजिंग- फुडिंग पाएका छन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यान क्रमश: अभियान बस्नेत र आश्रय बस्नेतले समेत पोखराको वान-वे टिकट पाएका छन्। यस्तै इपिएल टि-२० टिम काठमाडौँ किंग्स-११ ले यी तिनै जना उत्कृस्ट खेलाडीहरुले टिमको बन्द सत्रमा मौका पाउनेछन्। आईफ्लिक्सको तर्फबाट प्रतियोगिताको उत्कृस्ट खेलाडीले १ वर्ष तथा प्लेयर अफ द म्याचहरुले ३ महिनाको निशुल्क सब्स्क्रिप्सन प्राप्त गर्नेछन्।

कार्यक्रमको समापन समारोहमा नेपाल क्रिकेट संघ प्रदेश ३ का अध्यक्ष राजु बस्नेतको उपस्थिति थियो।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]