ब्लुबर्डलाई इन्टर कलेज इन्डोर क्रिकेटको उपाधी

टेक्सास कलेजको आयोजनामा बुधबारदेखि सुरु भएको इन्टर-कलेज इन्डोर क्रिकेट च्याम्पियनसिपको उपाधी ब्लुबर्ड इन्टरनेसनल कलेजले हात पारेको छ। उसले आइतबार सम्पन्न फाइनलमा ग्लासियर इन्टरनेसनल कलेजलाई ४२ रनले पराजित गर्यो।

उपाधी हात पारेको ब्लुबर्डले नगद ५१ हजार र उपविजेता बनेको ग्लासियरले नगद २५ हजार ५ सय प्राप्त गर्यो।

खेलमा २९ रन बनाउँदै २ विकेट समेत लिएका बिबेक राना प्लेयर अफ द फाइनलका साथै प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। यस्तै ओजस्वी कलेजका अभियान बस्नेत र आश्रय बस्नेत प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बलर घोषित भए।

टस हारेर पहिले ब्याटिंग गरेको ब्लुबर्डले १० ओभरमा ११७/४ बनायो। उसका सचिन लेखकले २१ बलमा ४५ र बिबेक रानाले २० बलमा २९ रन बनाए। लक्ष्य पछ्याएको ग्लासियरले ७५ रनमात्र बनाउन सक्यो। ग्लासियरका लागि दिपेन्द्र बोहराले २६ बलमा ४१ रन बनाएपनि जितको लागि पर्याप्त भएन।

कुल २४ कलेज सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ६ वटा समुहमा बिभाजन गरिएको थियो।

प्रतियोगिताको उत्कृस्ट हुने खेलाडी बिबेक रानाले प्रिसीयस ट्राभल एण्ड टुरको तर्फबाट पोखराको टु-वे टिकट तथा लजिंग- फुडिंग पाएका छन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यान क्रमश: अभियान बस्नेत र आश्रय बस्नेतले समेत पोखराको वान-वे टिकट पाएका छन्। यस्तै इपिएल टि-२० टिम काठमाडौँ किंग्स-११ ले यी तिनै जना उत्कृस्ट खेलाडीहरुले टिमको बन्द सत्रमा मौका पाउनेछन्। आईफ्लिक्सको तर्फबाट प्रतियोगिताको उत्कृस्ट खेलाडीले १ वर्ष तथा प्लेयर अफ द म्याचहरुले ३ महिनाको निशुल्क सब्स्क्रिप्सन प्राप्त गर्नेछन्।

कार्यक्रमको समापन समारोहमा नेपाल क्रिकेट संघ प्रदेश ३ का अध्यक्ष राजु बस्नेतको उपस्थिति थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy