यु-१६ त्रिकोणात्मक सिरिज : विशाल बिष्ट चम्किंदा स्टेपिङ स्टोन विजयी

माघ,१५,धनगढी।

चटकपुर स्पोर्ट्स क्लवको आयोजना तथा सुदुरपश्चिमाञ्चल एकेडेमीको प्रायोजनमा माघ १४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा जारी प्रथम यु-१६ त्रीकोणात्मक सिरिजको दोश्रो खेलमा स्टेपिङ स्टोन स्कुलका विशाल बिष्ट चम्किदा स्टेपिङ स्टोन स्कुल २८ रनले विजयी हुँदै सिरिजमा पनि विजयी सुरुवात गरेको छ।

प्रथम यु-१६ त्रीकोणात्मक सिरिजको दोश्रो खेलमा स्टेपिङ स्टोन स्कुलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, स्टेपिङ स्टोन स्कुलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनाउन सफल भयो। ब्याटिङतर्फ स्टेपिङ स्टोन स्कुलका लागि विशाल बिष्टले १९ बलमा आक्रामक ५६ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा विरेन्द्र चन्दले ४६ बलमा ४४ रन तथा शैलेश भण्डारीले ३२ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।बलिङतर्फ एभरेष्ट एकेडेमी अत्तरियाका लागि रोशन भाटले १ ओभरमा ६ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा अभिषेक कोइराला,भुवन पाली,अशोक चुनारा र तपेन्द्र बुढाले समान १/१ विकेट लिन सफल भए।

१४८ रनको उच्च विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरियाको एभरेष्ट एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेटको क्षति मात्र ११९ रन बनाउन सक्दा खेल २८ रनले गुमाउन पुग्यो। ब्याटिङतर्फ एभरेष्ट एकेडेमीका लागि सन्दिप बिष्टले ४४ बलमा सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा अभिषेक कोइरालाले १० बलमा १५ रन तथा सुदिप खड्काले १३ बलमा १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। बलिङतर्फ स्टेपिङ स्टोन स्कुलका लागि समिर कुँवर,निर्मल भाट,सन्तोष जोशी,भुपेश जोशी र रोमन बिष्टले समान १/१ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ महत्त्वपूर्ण खेलमा जित दिलाउन सफल भए।

सिरिजको दोश्रो खेल स्टेपिङ स्टोन स्कुलले २८ रनले जित्न सफल हुँदै सिरिजको फाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ।खेलको म्यान अफ दी म्याच स्टेपिङ स्टोन स्कुलका आक्रामक ब्याट्सम्यान विशाल बिष्ट घोषित हुन सफल भए।

सिरिजको तेश्रो खेल भोलि दिउँसो १२ बजेदेखि फाप्ला मैदानमा आयोजक चटकपुर स्पोर्ट्स क्लव र अत्तरियाको एभरेष्ट एकेडेमीबीच हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]