मल्लको अर्धशतकमा सुदूरलाई २६३ रनको लक्ष्य

काठमाडौंं । कुशल मल्लको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

टीयु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मी ४८ दशमलब ३ ओभरमा २ सय ६२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि कुशल मल्लले ६७ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । मल्लले १० चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप रजालीले ३१ बलमा ३७ तथा वसिर अहमदले ६३ बलमा ३६ रन बनाए । ओपनर सन्तोष कार्कीले २८ बलमा ३० रन बनाए ।

एक समय ८८ रन बनाउँदा ६ विकेट गुमाएर संकटमा पुगेको आर्मीका लागि वसिर अहमद र कुशल मल्लले १ सय १३ रनको शतकीय साझेदारी गरे ।

शाहब आलमले २५ बलमा २१ तथा सोमपाल कामीले ३४ बलमा ३१ रन बनाए ।

सुदूरका लागि भोजराजले भट्टले ९ दशमलब ३ ओभरमा ६३ रन खर्चिएर छ विकेट लिए । नरेन साउदले तीन विकेट लिए ।

आजको खेल जितेर दुवै टोली फाइनल तथा शीर्ष चारको सम्भावना कायम राख्न चाहान्छन् ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]