यु-१९ महिला क्रिकेट : निरुता जिटिको उत्कृष्ट बलिङ प्रदर्शनमा गण्डकी प्रदेशको लगातार तेश्रो जित

२०८० माघ १६, मंगलवार २१:४९

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातर तेश्रो जित निकालेको छ । गण्डकी प्रदेशले मंगलबार भएको आफ्नो तेश्रो खेलमा मधेस प्रदेशविरूद्ध ८ विकेटको फराकिलो जित निकालेको हो ।

प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा मधेस प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप,खराब मौसमका कारण निधारित २० ओभरको हुनुपर्ने खेललाई १५ ओभरमा घटाइएको खेलमा मधेस प्रदेशले सम्पुर्ण विकेट गुमाउदै मात्र ३० रन बनाउनसक्यो। ब्याटिङतर्फ, मधेस प्रदेशका लागि कुनैपनि खेलाडीले दोहोरो रनअंक छुन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको टिम प्रशिक्षक अनिल शर्माले बताए।बलिङतर्फ गण्डकी प्रदेशका लागि निरिता जिटि र सीमाना केसीले समान ३/३ विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १ मेडेनसहित ०४ रन तथा २ ओभर बलिङ गर्दै ०३ रन खर्चिनपुगिन।

३१ रनको झिनो बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गण्डकी प्रदेशले निर्धारित १५ ओभरको खेलमा ९ ओभर खेल्दै मात्र २ विकेट गुमाउदै मात्र ३४ रन बनाउदै खेल ८ विकेटले जित्न सफल हुँदै प्रतियोगितामा लगातार तेश्रो जित पनि निकाल्दै समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न पनि सफल भएको छ। ब्याटिङतर्फ, गण्डकी प्रदेशका लागि सीमाना केसीले सर्वाधिक १९ रनको अविजित पारी खेल्नेक्रममा २८ बल खेल्न सफल भइन।बलिङतर्फ, मधेस प्रदेशका लागि मिना महतोले सर्वाधिक १ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १० रन खर्चिए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकिनन।

 

प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा प्लेयर अफ दी म्याच गण्डकी प्रदेशकि निरुता जिटि घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

 

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका महिला यू-१९ टोलि सहभागी रहेका छन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy