बंगलादेशद्वारा नेपाल पराजित

२०८० माघ १७, बुधबार २१:१३

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि आरिफुल ईस्लामले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ५९ रन बनाए । जिशान आलमले ४३ बलमा ५५ बनाए ।

नेपालका लागि स्पिनर सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चिएर पाँच विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १ बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भयो ।

नेपालका लागि विशाल बिक्रम केसीले १ सय बलमा ४८ तथा कप्तान देव खनालले ६० बलमा ३५ रन बनाए । सुवास भण्डारी १८ रनमा अविजित रहँदा ओपनर अर्जुन कुमालले १४ रन बनाए ।

सुपर सिक्सको दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग खेल्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy