अष्ट्रेलिया ६ ओभरमा नै विजयी, सिरिजमा क्लिनस्विप

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजले दिएको लक्ष्य ६ ओभरमा नै पूरा गरेको छ ।

घरेलु टोलीले ६ ओभरमा लक्ष्य भेटेर ८ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ ।

पाहुना टोलीले दिएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको इनिङ खेले । जोश इंग्लिस १६ बलमा ४ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफ र ओशान थोमसले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको वेस्टइन्डिज २४ दशमलब १ ओभरमा ८६ रनमा अल आउट भएको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर एलिक एथानाजेले ६० बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए । केसी कार्टी १० र रोश्टन चेश १२ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका जेभियर ब्रार्टलेटले ४ तथा लान्सी मोरिस र एडम जाम्पाले समान दुई दुई विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८ विकेट र दोस्रो खेलमा ८३ रनले विजयी भएको थियो ।





थप समाचार

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]

दीपेन्द्रको सानदार ब्याटिङमा नेपालको जित

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको सानदार फिनिसको सहयोगमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले […]

नेपालले पायो १९७ रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । […]

नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान […]