काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा सहभागी हुने नेपाली टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले एक कार्यक्रमका सहित टोलीको बिदाई गरेको हो ।
क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीको बिदाई गरेको हो । क्यानले सोमबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यिय नेपाली टोलीको घोषणा गरेको थियो ।
आगामी शनिबारबाट मलेसियामा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा १६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् ।
नेपालको पहिलो खेल १० फेब्रुअरीमा हङकङसँग रहेको छ । दोस्रो खेलमा ११ फेब्रुअरीमा भुटानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्ने छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।