अर्जुन चम्कँदा एपीएफमाथि कर्णालीको शानदार जित

२०८० फाल्गुन २६, शनिबार १५:१५

काठमाडौं । मध्येक्रमका ब्याटर अर्जुन घर्ती चम्कँदा कर्णाली प्रदेशले नेपाल एपीएफ क्लबलाई हराएको छ ।

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिपमा कर्णालीले एपीएफमाथि ५१ रनको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउँन सक्यो ।

एपीएफका लागि अमरसिंह राउटेलाले ३७ बलमा अविजित ३७ रन बनाए । विकेटकिपर हिमाशुं दत्त २५ रनमा अविजित रहे । पुरन विकले १८ तथा अरुन ऐरीले ११ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान रविन्द्र शाहीले समान २२ तथा प्रकाश जैशीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले ३४ बलमा ५५ तथा विपीन रावलले ३६ बलमा ४२ रन बनाए ।

एपीएफका लागि इर्शाद अहमद, रमेश कुर्मी, चन्दन राम अमरसिंह राउटेला र भुवन कार्कीले समान १/१ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy