पारस चम्कँदा रेस्ट अफ नेपाललाई १०२ रनको लक्ष्य

२०८० फाल्गुन २८, सोमबार १६:५०

काठमाडौं । नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधी जित्न रेस्ट अफ नेपालले १ सय २ रनको लक्ष्य पाएको छ ।

तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको पारस खड्का कप्तानीको २०१४ विश्वकप लिजेन्ड्स टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय रन बनायो ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीका लागि कप्तान पारस खड्काले १२ बलमा ३९ तथा विरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैधले १८ बलमा १३ रन बनाए ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीले १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै फाइनलमा स्थान बनाएको थियो । रेस्ट अफ नेपालले भने रुपन्देही लिजेन्ड्सलाई १६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy