डिफेन्डिङ च्याम्पियनले दियो गुजरातलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को सातौं खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले गुजरात जाईन्ट्सलाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।

चेन्नईका लागि शिभम दुवेले २३ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६/४६ रन बनाए । रविन्द्रले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । कप्तान गायकवाडले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईका लागि पहिलो विकेटका लागि ३२ बलमा ६२ रनको सानदार साझेदारी सहित राम्रो सुरुआत भएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्का राहाणेले १२ बलमा १२ रन बनाए । ड्यारियल मिचेलले २० बलमा २ चौकाको सहयोगमा अविजित २४ रन बनाए । समिर रिज्भिले ६ बलमा २ छक्काको सहयोगमा १४ रन बनाए । रविन्द्र जडेजा ७ रनमा अविजित रहे ।

गुजरातका लागि राशिद खानले २ तथा मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरले समान १/१ विकेट लिए ।

जारी सिजनको आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको थियो । गुजरातले भने पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो । दुवै टोली यस खेलमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छन् ।

शुभमन गिलको कप्तानी रहेको गुजरात २०२२ को आईपीएल च्याम्पियन हो । गत संस्करणको फाइनलमा यि दुवै टोली भिडेकामा चेन्नईले अन्तिम बलमा रोमान्चक जित निकालेका थियो । ऋतुराज गायकवाडको कप्तानीमा रहेको चेन्नई ५ पटकको च्याम्पियन हो ।

यि दुई टोलीबीच हालसम्म भएका ५ खेलमा गुजरात ३ तथा चेन्नई २ खेलमा विजयी भएको छ ।





थप समाचार

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]