नेपाल ए र आयरल्यान्ड ए भिड्दै

२०८० चैत्र १५, बिहीबार ०८:२२

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड ए विरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (बिहिबार) खेल्दैछ ।

खेल टियु मैदान कीर्तिपुरमा अपराहन्न एक बजेदेखि शुरु हुदैछ ।

नेपाल ए ले मार्च २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-ट्वान्टी सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-ट्वान्टी खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy