आरिफको अर्धशतकमा आयरल्यान्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य

२०८० चैत्र १९, सोमबार १४:४६

काठमाडौं । आरिफ शेखको अर्धशतकको सहयोगमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ ।

तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा आयरल्यान्ड वुल्भ्सलाई ले २ सय १४ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपालका लागि आरिफ शेखले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रनको अर्धशतकीय ईनिङ खेले । राशिद खानले १३ बलमा ३ छक्काको सहयोगमा २६ तथा बसिर अहमदले २१ बलमा १९ रन बनाए । कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १९ तथा पवन सर्राफले १२ बलमा १३ रन बनाए ।

नेपालले अन्तिम ५ ओभरमा १  विकेट गुमाएर ८४ रन बनाएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy