नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको दोस्रो एकदिवसीय खेल आज

२०८० चैत्र २३, शुक्रबार ०६:५६

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल आज हुदै छ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ ।

पहिलो एकदिवसीय २१ रनले पराजित नेपाल यो खेल जित्दै सिरिज बराबरी गर्न चाहन्छ । उता, आयरल्यान्ड यस खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ ।

सोमबार सम्पन्न तीन खेलको टी-ट्वान्टी सिरिज भने वुल्भ्सले २-१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी-ट्वान्टी खेलकै टोली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिएका छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

नेपाली टोली

विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy