एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेबिया खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले आज (बुधबार) साउदी अरेबियाको सामना गर्दै छ ।

ओमानको मस्कटमा हुने खेल नेपाली समय अनुसार पौने १२ बाट सुरु हुनेछ ।

टी-२० आईमा नेपाल र साउदी पहिलो पटक आमने सामने हुदैछन् । नेपालले समूह चरणका तीन खेलमा शतप्रतिशत नतिजाका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

साउदीका लागि सेमिफाइनलमा स्थान पक्का गर्न नेपाललाई हराउँनुको मलेसिया र हङकङबीचको खेलको नतिजा पनि आफ्नै पक्षमा रहनु पर्ने छ ।

नेपालले पहिलो खेलमा मलेसिया दोस्रो तथा तेस्रो खेलमा क्रमशः कतार र हङकङलाई पराजित गरेको थियो । उता, साउदी पहिलो खेलमा मलेसियासँग पराजित हुँदा दोस्रो खेलमा बलियो टोली हङकङलाई पराजित गरेको थियो । तेस्रो खेलमा कतारसँग पराजित साउदीलाई सेमिफाइनल सम्भावना कायम राख्न नेपाललाई पराजित गर्ने पर्ने दबाबमा छ ।

नेपाल समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेकाले दबाब बिना खेल्नेछ । प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्रबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ । उपाधी बिजेता टोली २०२५ मा हुने एसिया कप खेल्नेछ ।

शीर्ष तीनमा रहने टोलीले एसीसी ईमजिङ्ग कपमा स्थान बनाउने छ ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]