नेपालद्वारा हङकङलाई १४० रनको लक्ष्य

२०८१ बैशाख ८, शनिबार १७:५३

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

ओमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । सन्दीप जोराले २३ बलमा १ चौकाको सहयोगमा २२ तथा कप्तान रोहितकुमार पौडेलले १९ बलमा २ चौकाको सहयोगमा २१ रन बनाए ।

पहिलो ओभरको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेखले ११ बलमा ५ रन बनाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ७ बलमा १२ रन बनाए । कुशल मल्लले १४ बलमा १ छक्काको सहयोगमा १३ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले तीन तथा इसान खान, यातिक ईकवाल र यासिन मुर्ताजाले समान १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy