भ्याली कप टी-२० : सीएसी र काठमाडौं च्याम्पियन

काठमाडौं । काठमाडौं र सीएसी काठमाडौं एनसिसीएस महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

सीएसी काठमाडौं भक्तपुर क्रिकेट सेन्टरलाई पराजित गर्दै पुरुष तर्फको उपाधी जितेको हो ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा भक्तपुरले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य सीएसीले १६ दशमलब १ ओभरमा तीन विकेट गुमाउँदै १ सय ११ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि खेल पुनः खेलाउन सम्भव नभएपछि सीएसी विजेता घोषणा भएको हो ।

खेल रोकिनु अगाडि दीपेन्द्र रावत र शिभम तिवारी समा ३८ रन बनाउँदै क्रिजमा थिए । यसैगरी रित गौतम १९ रन बनाएर आउट भए ।

भक्तपुरका लागि दीपक बोहाराले दुई तथा पूर्ण थापाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भक्तपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २१ रनको बनाएको थियो ।

भक्तपुरका लागि पूर्ण थापाले ४६ बलमा ५३ रनको योगदान गरे । यसैगरी अरुण ऐरीले २७ र इर्शद अहमदले अविजित २१ रन बनाए ।

सीएसीका लागि राज बमले तीन, दयानन्द मण्डलले समान दुई दुई तथा मोन्शन सिंहले एक विकेट लिए ।

उपाधिसँगै सीएसीले २५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता भक्तपुरले १५ हजार रुपैयाँ पायो ।

आज नै भएको महिलातर्फको फाइनलमा ललितपुरविरुद्ध सुपर ओभरमा जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको थियो ।

मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान भएको फाइनलमा ललितपुरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको थियो ।

काठमाडौंका लागि विपिशा शाहीले ३५, करिस्मा गुरुङले २१ र अस्मिता खरेलले २० रन बनाए ।

ललितपुरका लागि स्वेता गुप्ताले दुई तथा मनिषा उपाध्याय र यशु पाण्डेले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३१ रनको बनाएको थियो ।

ललितपुरका लागि यशु पाण्डेले ५२ बलमा ५६ र साबिका यादवले ५० बलमा ४० रन बनाए ।

काठमाडौंका लागि संस्कृति फुयाले दुई तथा विपिशा शाही र अस्मिता खरेलले समान एक विकेट लिए ।

उपाधिसँगै काठमाडौंले २५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता ललितपुरले १५ हजार रुपैयाँ पायो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]