फर्गुसनको कीर्तिमानी बलिङमा न्युजिल्यान्डले पीएजीलाई हरायो

काठमाडौं । तीव्र गतिका बलर लोकी फर्गुसनको कीर्तिमानी बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि-२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ ।

वेस्ट इन्डिजमा रहेको ट्रिनिडाडमा भएको आफ्नो समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भयो ।

पीएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्यान्डका लागि ओपनर डेभोन कन्वेले ३२ बलमा ३५ तथा ड्यारियल मिचेलले १२ बलमा १९ रन बनाए ।

पीएनजीका लागि कबु मोरियाले दुई तथा सिमु कमियाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले १९ दशमलब ४ ओभरमा ७८ रनमा अल आउट गर्यो ।

पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी पुरुष टि-२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बने । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले समान एक एक विकेट लिए ।

समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती तीन खेल जित्दै सुपर एटमा प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले चार खेलमा चार अंक जोड्यो । युगान्डाले दुई अंक जोड्दा पिएनजी अंकविहिन रह्यो ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]