रोहित आबद्ध टिमको खेल तालिका यस्तो…

२०८१ असार २१, बिहीबार ११:०३

काठमाडौं । नेपाली क्रिकेटर टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सहभागी हुदैछन् । पौडेलले क्यानडामा आगामी २५ जुलाईबाट सुरु हुने चौथो संस्करणको ग्लोबल टी-२० लिगमा टोरन्टो नेशनलमा अनुबन्ध भएका छन् ।

यस टोलीले लिग चरणमा सात खेल खेल्नेछ । ग्लोबल टी-२० ले आज (बिहीबार) जारी गरेको खेल तालिकामा टोरन्टो नेशनलले लिग चरणमा सात खेल्ने जनाएको छ ।

रोहित आबद्ध टोरन्टो नेशनलको लिग चरणको खेल तालिका नेपाली समयअनुसार यसप्रकार रहेको छ ।

पहिलो खेलमा टोरन्टोले २६ जुलाई अर्थात साउन ११ मा वैंकूवर नाइट्ससँग बिहान पौने दुईमा खेल्नेछ । २८ जुलाई अर्थात साउन १३ गते टोरन्टोले ब्रैम्प्टन वुल्भ्र्ससँग बिहान पौने दुईमा खेल्नेछ । तेस्रो खेलमा टोरन्टोले २९ जुलाई अर्थात साउन १४ गतेका दिन सर्रे ज्याकवार्ससँग बिहान पौने दुईमा खेल्नेछ ।

चौथो खेलमा टोरन्टोले ३० जुलाई अर्थात साउन १५ मा बंगाल टाईगर्ससँग बेलुका पौने ११ मा खेल्नेछ । पाँचौ खेलमा टोरन्टोले साउन १८ मा मोन्टेरियल टाइगर्ससँग बेलुका पौने ११ मा प्रतिस्पर्धा गर्ने छ । ४ अगस्ट अर्थात साउन २० मा टोरन्टाले वैंकूवर नाइट्ससँग बिहान पौने दुईमा खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा ६ अगस्ट अर्थात साउन २२ मा टोरन्टोले मोन्टेरियाल टाइगर्ससँग खेल्नेछ । लिग चरणको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । प्लेअफका खेल ९ र १० अगस्टमा तथा फाइनल खेल ११ अगस्टमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy