रोहित आबद्ध टिमको खेल तालिका यस्तो…

काठमाडौं । नेपाली क्रिकेटर टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सहभागी हुदैछन् । पौडेलले क्यानडामा आगामी २५ जुलाईबाट सुरु हुने चौथो संस्करणको ग्लोबल टी-२० लिगमा टोरन्टो नेशनलमा अनुबन्ध भएका छन् ।

यस टोलीले लिग चरणमा सात खेल खेल्नेछ । ग्लोबल टी-२० ले आज (बिहीबार) जारी गरेको खेल तालिकामा टोरन्टो नेशनलले लिग चरणमा सात खेल्ने जनाएको छ ।

रोहित आबद्ध टोरन्टो नेशनलको लिग चरणको खेल तालिका नेपाली समयअनुसार यसप्रकार रहेको छ ।

पहिलो खेलमा टोरन्टोले २६ जुलाई अर्थात साउन ११ मा वैंकूवर नाइट्ससँग बिहान पौने दुईमा खेल्नेछ । २८ जुलाई अर्थात साउन १३ गते टोरन्टोले ब्रैम्प्टन वुल्भ्र्ससँग बिहान पौने दुईमा खेल्नेछ । तेस्रो खेलमा टोरन्टोले २९ जुलाई अर्थात साउन १४ गतेका दिन सर्रे ज्याकवार्ससँग बिहान पौने दुईमा खेल्नेछ ।

चौथो खेलमा टोरन्टोले ३० जुलाई अर्थात साउन १५ मा बंगाल टाईगर्ससँग बेलुका पौने ११ मा खेल्नेछ । पाँचौ खेलमा टोरन्टोले साउन १८ मा मोन्टेरियल टाइगर्ससँग बेलुका पौने ११ मा प्रतिस्पर्धा गर्ने छ । ४ अगस्ट अर्थात साउन २० मा टोरन्टाले वैंकूवर नाइट्ससँग बिहान पौने दुईमा खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा ६ अगस्ट अर्थात साउन २२ मा टोरन्टोले मोन्टेरियाल टाइगर्ससँग खेल्नेछ । लिग चरणको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । प्लेअफका खेल ९ र १० अगस्टमा तथा फाइनल खेल ११ अगस्टमा रहेको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]