दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली दोस्रो अभ्यास खेलमा पनि श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ ।

दोस्रो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित भएको हो । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको थियो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य श्रीलंकाले १९ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि एस सिनाराथिनीले २७ तथा एस सन्दीपानीले १९ रन बनाइन् ।

नेपालका लागि सबनम राई र कविता जोशीले समान एक एक विकेट लिईन् ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।

नेपालका लागि कविता कुवरले २९ तथा कप्तान ईन्दु बर्माले २८ रन बनाईन् ।

 





थप समाचार

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल पुग्ने टिम टिम निश्चित, चौंथो दिन नेपाल र भारतको टिम विजयी 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा नेपालको टिम नेक्सस रुपन्देही एघार […]

स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्ने

स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई […]