दोस्रो खेलमा पनि नेपाल पराजित

२०८१ असार २७, बुधबार १४:३५

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली दोस्रो अभ्यास खेलमा पनि श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ ।

दोस्रो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित भएको हो । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको थियो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य श्रीलंकाले १९ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि एस सिनाराथिनीले २७ तथा एस सन्दीपानीले १९ रन बनाइन् ।

नेपालका लागि सबनम राई र कविता जोशीले समान एक एक विकेट लिईन् ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।

नेपालका लागि कविता कुवरले २९ तथा कप्तान ईन्दु बर्माले २८ रन बनाईन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy