दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

२०८१ माघ २, बुधबार ११:२५

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।

मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो।

नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

अमेरिकाका लागि इसानी भागेलाले २४ रन बनाइन्। नेपालकी रिया शर्माले तीन तथा कप्तान पुजा महतोले एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो। नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन बनाइन्।

यसअघि नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ। यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy