स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल १२:१५ बजेदेखि हुने छ।

यस विश्वकपमा नेपाल र स्कटल्याण्ड दुवैले आ–आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्। नेपालले बंगलादेशसँग हार बेहोरेको थियो भने स्कटल्याण्डले अस्ट्रेलियासँग हार बेहोरेको थियो। विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न आवश्यक छ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।

नेपाली टिम
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy