एनकासा इन्टर फर्म टी-२० क्रिकेट फागुन पहिलो सातबाट सुरु हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन ( एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो साता १२औं एनकासा इन्टर फर्म टि २० क्रिकेट प्रतियोगिता आयोजक गर्ने भएको छ।

प्रतियोगिता फागुन ४ देखि १३ गतेसम्म हुने भएको हो। प्रतियोगितामा २० भन्दा बढी टोलीको सहभागिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको सम्पूर्ण खेल पुलचोक र ल्याब क्रिकेट मैदानमा हुने बताइएको छ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy