क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

२०८१ माघ २७, आईतवार १७:०३

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ।

आइतबार सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १०७ रनले पराजित गरेको हो।

क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो।

ग्रेट हिमालयका ईशान पाण्डेले सर्वाधिक अविजित १०७ रन बनाए। तर, टोलीलाई पर्याप्त रहेन। रितेश आग्रीले २६ रनको योगदान दिए।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।

ऋतले सर्वाधिक ११३ रन बनाए। विरेन्द्र धनाडी ६७ र पृथु बास्कोटा ४१ रनमा आउट भए। ग्रेट हिमालयका ईशानले सर्वाधिक चार विकेट लिए। किरण बूढामगरले तीन विकेट लिँदा दर्शिल विष्टको नाममा एक विकेट रह्यो।

प्रतियोगिताको प्लेयर अफ द म्याच ईशान भए। उत्कृष्ट ब्याटर महावीरका सोनु देवकोटा र उत्कृष्ट बलर न्यु भिजन क्लबका मनसुन सिंह घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy